सिक्किम अकादमीद्वारा पद्भश्री लीलबहादुर छेत्रीलाई श्रद्धाञ्जली

IMG-20250322-WA0353

गान्तोक: सिक्किम अकादेमी भवनमा बसेको एक सभाले वरिष्ठ साहित्यकार लीलबहादुर छेत्रीलाई श्रद्धाञ्जली व्यक्त गऱ्यो। कथाकार सानु नलामाको अध्यक्षतामा बसेको सभा स्व. छेत्रीको नेपाली साहित्यप्रतिको योगदानमाथि चर्चा गरियो। उनको चर्चित ‘बसाइँ’ उपन्यासबाट शुरू भएको साहित्यिक सेवा कार्य, ‘ब्रह्मपुत्रका छेउ-छाउ’ हुँदै ‘कहिल्यै नखुस्कने गाँठो’ लगायत अनेकौं साहित्यिक ग्रन्थहरूको रचना र समर्पणले नेपाली वाङ्‌मयलाई समृद्ध तुल्याएको विषयमा उपस्थित सबैले प्रकाश पारेका थिए। शारीरिक अस्वास्थ्यताको कारण उनी धेरै दिनदेखि सिकिस्त थिए। उल्लेख्य, भारत सरकारद्वारा तेस्रो सर्वोच्च नागरिक सम्मान पद्मश्रीद्वारा अभिन्दित साहित्यकार छेत्री भारतीय नेपाली साहित्यका अग्रज सर्जक हुन्। शारीरिक रुपमा सिक्सित भएकै कारण उनी पद्भश्री पुरस्कार ग्रहण गर्न राष्ट्रपति भवन पुग्न सकेका थिएनन्। पछि भारत सरकारको तर्फबाट उक्त सम्मान उनको गुवाहाटीस्थित निजी वासस्थानमा अर्पण गरिएको थियो। साहित्य अकादेमी नयाँ दिल्लीद्वारा उनी अगावै अकादेमी पुरस्कारले सम्मानित भइसकेका थिए। असम नेपाली साहित्य सभाको तर्फबाट प्रवृद्ध साहित्यकार पुरस्कार अर्पण गरिएको थियो। नेपाली भाषा साहित्यका महान विभूतिले स्व. छेत्रीको गत १३ मार्चको दिन निधन भएको थियो। सिक्किम अकादमीले उनको साहित्यप्रति विशिष्ट योगदानको कदर गर्दै समस्त भाषा र साहित्यप्रेमी समाजलाई स्तब्ध बनाएको उल्लेख गरेको छ। अकादमीले दिवंगत साहित्यिक पुरोधा लीलबहादुर छेत्रीप्रति श्रद्धाञ्जली चढ़ाउँदै उनको आत्माको शान्तिका ल गि प्रार्थना गर्दै शोकसन्तप्त परिवारका सदस्यहरूमा समवेदना प्रकट गरेको छ। शोकसभामा साहित्यकार तथा भाषा साहित्य सेवीहरूको बाक्लो उपस्थिति रहेको थियो। विशेषरूपमा कथाकार सानु लामा, सिक्किम अकादमी अद्यक्ष एसआर सुब्बा, साहित्यकार केएन शर्मा, अकादमीका प्रशासनिक सचिव पीएल शर्मा, सचिव पूर्ण योञ्जन, साहित्यकार रूद्र पौड्याल, साहित्यकारहरु डा पारसमणि दङ्गाल, टीपी कोइराला लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। दिवंगत आत्माको स्मृतिमा दुई मिनटको मौनधारण गरिएको थियो। सभाका अध्यक्ष लामाले दिवंगत साहित्यकारको जीवनी र उपलव्धीबारे प्रकास पारेका थिए। यसबीच अकादमीका अद्यक्ष एसआर सुब्बाले उपस्थित सबैमा आभार व्यक्त गर्दै दिवंगत साहित्यकारले दिएका उल्लेखनीय योगदानबारे अ वगत गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement