आइतबार साँझसम्म मौसम खराब हुने, यी स्थानमा हुने छ वर्षा

IMG-20250322-WA0284

काठमाडौं: आज रातिदेखि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना छ। 
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। देशका पहाडी क्षेत्रका थोरै ठाउँहरूमा भने मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। तराई, कोशी र मधेश प्रदेशमा यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ।  भोलि देशका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ। देशका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने देखिन्छ। चैत मार्च २३मा भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। 
यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्र सहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने देखिएको महाशाखाले जनाएको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement