बसमा यात्रा गर्दागर्दै गछियाकि एक महिलाको मृत्यु

IMG-20250322-WA0281

झापा: झापाको सार्वजनिक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ। दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार चेम्जोङको मृत्यु भएको हो। पूर्वपश्चिम राजमार्गअन्तर्गत साँझ ५.५० बजेतिर झिलझिले आइपुगेपछि सो बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
एक्कासि बेहोश भएकी उनीलाई त्यसपछि लालिगुँरास हेल्थ केयरमा उपचार गरिएको थियो। त्यहाँ सम्भव नभएपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको थियो। तर, उनलाई साँझ ६ बजेर ५० मिनेटमा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement