खरसाङ क्षेत्रका शिक्षक शिक्षिकाहरुलाई लिएर खरसाङमा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

IMG-20250322-WA0267

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा खरसाङ महकुमा अन्तर्गत खरसाङ सर्कलका प्राथमिक शिक्षक शिक्षिकाहरुलाई लिएर शिक्षक अभिमुखीकरण (ओरियन्टेशन) कार्यक्रम आयोजना गरिएको छ।उक्त कार्यक्रम खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो। यस अन्तर्गत पहिलो सत्रको कार्यक्रममा‌ प्राथमिक पाठशालाहरुलाई लिएर प्रशासनिक कार्यक्रम सम्पन्न गरिएको छ‌ जसमा प्राथमिक पाठशालाको कतिपय नियमहरु र प्रशासनिक कुराहरुलाई लिएर आयोजना गरिएको छ। यसमा स्कूल निरीक्षकहरुले विभिन्न विषयमा जानकारी गराएका छन्‌‌। त्यसरी नै दोस्रो सत्रमा प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरुलाई लिएर वर्तमान शिक्षा पध्दतिलाई आयोजना गरिएको छ। यसमा विद्यार्थी नानीहरुलाई कसरी पढाउनु पर्ने साथै शिक्षा दिन्दा कुन पध्दतिलाई अप्नाउनु पर्ने जस्ता विषयहरुमा रहेको थियो। यस सत्रमा शिक्षा पध्दति विषयमा पढाएका थिए। यस कार्यक्रममा‌ मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका‌ कार्यकारी सभासद राजेस चौहान उपस्थित रहेका थिए‌ भने विशिष्ट अतिथिको रुपमा सभासदहरु नवराज छेत्री, श्याम शेर्पा, नुरी शेर्पा लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधनमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले शिक्षा व्यवस्थालाई अपडेट गरिएको बताउँदै अब शिक्षाको पध्दतिलाई सुधार गर्नुपर्छ भनी बताएका छन्। उनले शिक्षक शिक्षिकाहरुले आफ्नो जिम्मेवारी निभाउनुपर्छ भन्दै हामी पनि शिक्षक शिक्षिकाहरुको समस्या समाधानको लागि तत्पर छौं भनी बताएका छन्। उनले आफ्नोे सम्बोधनमा ब्यायोमेट्रिक प्राथमिक पाठशालातिर मात्रै होइन तर डीआई, एसआई, सर्कल कार्यालयतिर पनि ब्यायिमेट्रिक शुरु गरिने बताएका छन्‌।‌ यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ सर्कलको एसआई अविनाश शर्मा र एआई रेजिना लेप्चाले जीटीएको प्राथमिक शिक्षा विभागको तर्फबाट विभिन्न स्थानहरुमा झैँ खरसाङ सर्कल क्षेत्रमा रहेका प्राथमिक पाठशालाहरुका शिक्षक शिक्षिकाहरुलाई लिएर शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको र यो कार्यक्रम दुई सत्रमा आयोजना गरिएको जानकारी गराएका छन्। यस कार्यक्रमको मुख्य उद्देश्य प्राथमिक शिक्षा पध्दतिलाई सुधार गर्नु साथै शिक्षक शिक्षिकाहरुका विभिन्न समस्याहरु समाधान गर्नु रहेको पनि बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement