बागवानी व्यवसायमा लाग्नु भएकाहरूले आर्जन गरेका ज्ञानको पनि संरक्षण गर्नुपर्छ: अनित थापा

IMG-20250322-WA0261

दार्जिलिङ: पोख्रेबुङमा दार्जीलिङ ग्रीन लोवाईनुम अर्किड सोसियाटीले फ्लावर फेस्टिभल आयोजना गरेको छ। उक्त कार्यक्रममा जीटीएको प्रमुख कार्यपाल अनित थापा पनि उपस्थित रहेका थिए।‌ यस अवसरमा उनले भने, हामी अर्किड (सुनखरी) लाई एउटा सुन्दर फूल मात्र देख्छौं। तर यसको खेती गर्न धेरै नियम पालन गर्नु पर्दो रहेछ। फूल फुलाएर मात्र नहुँदो रहेछ। फूललाई सोसाइटीमा पञ्जिकरण गर्नु पनि पर्दो रहेछ। तब त्यो विशेष सुनखरीले आफ्नो नाम पाउँदो रहेछ। नामको निम्ति पनि सोसाइटीको नियम पालन गर्नुपर्छ।’
उनले अघि भने, ‘पहाडमा सुनखरी (अर्किड) झण्डै झण्डै खतम भएर गएको हो तर यहाँ आज उपस्थित बागवानी चलाउने व्यक्तिहरूको प्रयासले नै सुनखरी फेरि जीवित भएको छ। बजारमा उपलब्ध तक्निकीको प्रयोग गरेर उहाँहरूले सुनखरी खेतीलाई व्यवसायमा परिणत गर्नु भएको छ। जसरी सुनखरी खेती गर्नेहरूले यसलाई एक असल व्यवसायको रूपमा लिएर जानु हुँदैछ, यस व्यवसायलाई युवाहरुले पनि पछ्याउनु सके यो व्यवसाय ठूलो आर्थिक स्रोत बन्नु सक्नेछ। जसरी होमस्टेले पर्यटनलाई विकास गरेको छ, अब पहाडमा सुनखरी पनि एउटा असल आर्थिक हब बन्नु सक्नेछ। सुनखरीको डिमाण्ड अनुसार आपूर्ति गर्नु नसकेको स्थिति अहिले छ। सुनखरी मात्र होइन अन्य फूलको पनि त्यति कै डिमाण्ड छ। तर हाम्रोमा डिमाण्ड अनुसार उत्पादन नै छैन। कारण केही व्यक्तिहरूले मात्र फूल खेतीलाई आफ्नो व्यवसाय बनाएका छन्।’


हामी बेरोजगारको कथा मात्र सुन्छौ। तर दुइटा हात र खुट्टा चलाउनु सक्यो भने घर घरमा रोजगार छ। हामी रोजगार माग्छौ तर हात खुट्टा नै चलाउँनु चाहँदैनौं। आजकल 365 दिन नै राजनीति गर्ने पहाड भएको छ। युवाहरुलाई म भन्छु तपाईहरु राजनीतिमा भन्दा पनि धेर आफ्नो पेशामा लाग्नुहोस्। फूल खेती एउटा राम्रो व्यवसाय बन्न सक्छ। आज बागवानी व्यवसायमा लाग्नु भएकाहरूले आर्जन गरेका ज्ञानको पनि संरक्षण गर्नु पर्छ। संरक्षण तब हुनेछन् जब युवाहरूले पनि यस व्यवसायलाई अपनाउनेछन्। खेती गर्नु, गाई बाख्रा पालन गर्नु हाम्रो आफ्नै जमिनको निम्ति पनि फलदायक छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement