खरसाङमा स्व. केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट शुरु

IMG-20250322-WA0257

उदघाटन खेलमा त्रिशुली संघ डुमाराम बिजयी

खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आजदेखि खरसाङमा स्व. केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। पहिलो उदघाटन खेल आकाशवाणी खरसाङ र त्रिशुली संघ डुमाराममाझ सम्पन्न भएको छ। यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको शुरुवात् खरसाङ महकुमा शासक आईएएस बिन्दबासिनी तेजा दिपक र डीएफओ खरसाङ देवेस पाण्डे उपस्थित भएर दुवैले बलिङ र ब्याटिङ गर्दै खेलको शुरुवात गरिएको थियो। यस खेलमा आकाशवाणी खरसाङले टस जितेर पहिला फिल्डिङ रोजेपछि त्रिशुली संघले पहिला ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएका थिए‌।‌ त्रिशुली संघको तर्फबाट ओपनर ब्याटर अभिषेक लामाले सर्वाधिक ३४ रन बनाएका थिए‌। १४२ रनको लक्ष्यलाई खेदो गर्दै आकाशवाणी खरसाङले ८ विकेट गुमाएर केवल १२८ रन मात्र बनाउन सकेको थियो अनि त्रिशुली संघ डुमाराम १३ रनले बिजयी बनेका‌ छन्। यस खेलमा म्यान अफ् द म्याच त्रिशुली संघको अभिषेक लामा चयन भएका छन्। दोस्रो खेल खरसाङ खण्ड विकास कार्यालय र सुकेपोखरीमाझ भईरहेको थियो। आयको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आजदेखि स्व केदारनाथ मेमोरियल टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट शुरु भएको र यसको फाईनल खेल आगामी ३ अप्रेलमा हुने जानकारी गराएका छन्।

उनले यस टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टमा जम्मा २० वटा टिमहरुले सहभागिता जनाएका छन् भने यस क्रिकेट टुर्नामेन्टको विजेतालाई ट्रफीससहित २१ हजार र उप विजेतालाई ट्रफीससहित ११ हजार रुपियाँ प्रदान गरिने भएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement