पूर्व हेभिवेट च्याम्पियन बक्सर जर्ज फोरम्यानले ७६ सालको उमेरमा निधन

IMG-20250322-WA0168

नयाँ दिल्ली: पूर्व हेभिवेट च्याम्पियन बक्सर जर्ज फोरम्यानको शुक्रवार निधन भयो। उनको परिवारले इन्स्टाग्राममा यसको पुष्टि गरेको छ। उनी ७६ वर्षका थिए। बयानमा लेखिएको छ, हाम्रो मर्माहत छौं। गहिरो दुःखको साथ हामी आफ्नो प्रिय जर्ज एडवर्ड फोरम्यान सीनियरको निधनको घोषणा गर्छौं। फोरम्यान ती बक्सरहरूमा सामेल थिए, जो नीडर र स्पष्टभाषी थिए। उनको आँकड़ा यस कुराको गवाही छ। फोरम्यानले बक्सिंगमा ८१ वटा फाइटमा हिस्सा लिए। यसमा उनले ७६ वटा फाइट जितेका थिए। यसबाहेक उनले ६८ वटा फाइट नक्आउट-द्वारा जितेका थिए। उनले केवल ५ वटा फाइटमा हारको सामना गर्नु परेको थियो। फोरम्यानले १९६८ मेक्सिको ओलम्पिकमा हेभिवेट श्रेणीमा स्वर्ण पदक जितेका थिए। उनी प्रशंसकहरूबीच पनि निक्कै लोकप्रिय थिए।
फोरम्यानले १९७३-मा तत्कालीन अपराजित बक्सर जो फ्रेजियरलाई पराजित गरी वर्ल्ड हेभिवेट च्याम्पियनशीप जितेका थिए। त्यसपछि उनले दुईपल्ट आफ्नो हेभिवेट खिताब रक्षा गरे। त्यसपछि १९७४-मा चाहिँ रम्बल इन जंगल लड़ाइँमा मोहम्मद अलीविरुद्ध हारको सामना गर्नु परेको थियो। रिंगबाट १० साल बाहिर रहेपछि फोरम्यानले १९९४-मा माइकल मूररविरुद्ध लड़ाइँको साथ खेलमा पुनरागमन गरेका थिए। त्यस फाइनलमा उनले मूररलाई पराजित गरी दुईवटा हेभिवेट बेल्ट हासिल गरेका थिए। फोरम्यान (४६ वर्ष, १६९ दिन) बक्सिंगमा वर्ल्ड हेभिवेट च्याम्पियनशीप जित्ने सबैभन्दा अधिक उमेरका बक्सर बनेका थिए। माइकल मूरर उनीभन्दा १९ साल सानो थिए।
मूल रूपले टेक्सास निवासी फोरम्यानले आफ्नो बक्सिंग करियरको शुरुवात एकजना ओलम्पिक स्वर्ण पदक विजेताको रूपमा गरेका थिए। १९७३-मा फ्रेजियरलाई पराजित गरी हेभिवेट डिवीजनको शिखरमा पुगेर उनले विपक्षी बक्सरहरूबीच आतंक सृष्टि गरेका थिए। मोहम्मद अलीविरुद्ध पराजित भएपछि चाहिँ उनले केही समयको निम्ति खेल छोड़ेका थिए। त्यसपछि उनले १९९४-मा खेलमा यादगार पुनरागमन गरे। खेलमा फर्किएपछि बिजनेसम्यान र अभिनेता बन्न अघि उनले केवल ४ वटा फाइटमा हिस्सा लिए। उनलाई जर्ज फोरम्यान ग्रिल (एउटा कूकिंग मशीन)-को अनुहारको रूपमा पनि चिनिन्छ। यसको १०० मिलियन यूनिट्स बिक्री भएको थियो, जसले फोरम्यानलाई निक्कै आर्थिक फाइदा भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement