लंगुरदंग गोल्ड कप फूटबल टुर्नामेण्ट १७ सेप्टेम्बरदेखि

IMG-20220909-WA0101.jpg

९ सेप्टेम्बरः लंगुरदंग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनद्वारा मजुआ जी.पी. (ग्राम पञ्चायत) खेलकुद संघको सहयोगमा लंगुरदंग गोल्ड कप फूटबल टुर्नामेण्टको पहिलो संस्करण १७ सेप्टेम्बरदेखि आयोजन गरिनेछ। लंगुरदंग खेल मैदान (पी.ओ. रेलिंग, दार्जीलिङ)-मा हुने यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमलाई प्रवेश दिइएको छ। उद्घाटन म्याचमा रेड पाण्डा (सिक्किम) र पीवाईपी पशुपतिबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १८ र २२ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल २९ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक लंगुरदंग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका अध्यक्ष भरत राईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement