गान्तोक: सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागका छ जना अधिकारीहरूको टोलीले कोलकातास्थित सत्यजित रे फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युटको अध्ययन भ्रमण गरेका छन्। पाँच दिवसीय उक्त एक्सपोजर भ्रमण विभागका उपनिर्देशक सुबास शर्माको नेतृत्वमा सम्पन्न भएको हो। एक्सपोजर भ्रमण १७ देखि २१ मार्चसम्म चलेको थियो। यसको उद्देश्य फिल्म प्रविधिमा भएका नवीनतम प्रगतिहरूबारेमा जानकारी प्राप्त गर्नु, सम्भावित सहकार्यहरू तयार पार्नु र प्राविधिक क्षमता विकास रहेको थियो। भ्रमण टोलीले इन्स्टिच्युटका निर्देशकसँग बैठक गरेको थियो। साथै इन्स्ट्च्युटसँगको सहकार्यमा सिक्किममा कार्यशालाहरू र व्यावहारिक प्रशिक्षण सत्रहरू आयोजना गर्ने वि षयमा छलफल गरिएको थियो। दुवै पक्षले सिक्किमका मिडियाकर्मीहरूको फिल्म निर्माण क्षमताहरू विकास गर्न र दीर्घकालीन सहयोगलाई बढावा दिने कुरामा बल दिएका छन्। टोलीले संस्थानभित्रका धेरै प्रमुख सुविधाहरूबारे जानकारी लिएको थियो। अधिकारीहरूले प्रत्येक क्षेत्रका विभाग प्रमुखहरूसँग विस्तृत अन्तरक्रियामा भाग लिँदै नवीनतम फिल्म निर्माण प्रविधिहरू, उपकरणहरू र सफ्टवेयरको बारेमा ज्ञान प्राप्त गरेका थिए। संस्थानमा प्रयोग हुने सम्पादन सफ्टवेयर उपकरणहरूमा विशेष ध्यान दिइएको थियो। टोलीले कलर सुधार र ग्रेडिङ प्रविधिहरूमा गहन छलफल गरेको थियो।