पर्यटन मन्त्री भोटियाले गरे तुमिन लिङ्गीमा पर्यटन पूर्वाधारहरूको निरीक्षण

IMG-20250321-WA0331

गान्तोक: सिक्किम सरकारका पर्यटन एवं नागरिक उड्डन मन्त्री छिरिङ टी भोटियाले आज विभागका शीर्ष अधिकारीहरूको साथमा तुमिन लिङ्गी समष्टिको भ्रमण गरेर क्षेत्रका पर्यटन पूर्वाधारहरूको निरीक्षण गरे। यस अवसरमा उनीसित अन्यहरूको साथमा विभागका सचिव, क्षेत्र विधायक सानडुप भोटिया, जिल्ला अध्यक्ष साथै पञ्चायत प्रतिनिधिहरूको पनि विशेष उपस्थिति रहेको थियो।
यस निरीक्षण भ्रमणअवधि मन्त्रीले स्थानीय टुरिस्ट गेस्ट हाउस साथै अन्य प्रमुख पर्यटन पूर्वाधारको निरीक्षण गर्नुको साथै स्थानीय हितधारकहरूसँग पर्यटनसित सम्बन्धित विभिन्न विषयमा चर्चा गरे। यस अवसरमा आफ्नो सम्बोधन राख्दै मन्त्री भोटियाले पर्यटन पूर्वाधारहरूको विकास, उचित रखरखाउ र पर्यटन क्षमतामा वृद्धिमाथि विशेष जोर दिए। विभाग र राज्य सरकार राज्यमा ग्रामीण पर्यटनको विकासमा प्रतिवद्ध रहेको पनि उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement