गान्तोक: मंगन जिल्लाको पशुपालन एवं पशु चिकित्सा सेवा र राज्य पशु रोग निदान प्रयोगशालाको संयुक्त पहलमा पशुहरूमा लाग्ने एन्टीमाइक्रेवायस प्रतिरोधलाई न्यून गराउन मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्वास्थ्य शिक्षा अधिकारी रिञ्छेन नामग्याल भोटियाले पहेँलो, रातो र निलो फोहोर जम्मा गर्ने डस्टबीनको महत्त्व, बायोमेडिकल फोहोरको उचित व्यवस्थापन र सरसफाइको महत्त्वपूर्ण भूमिकाबारेमा जानकारी गराए। उनले फोहोर व्यवस्थापनका विभिन्न पक्षहरू र स्वास्थ्य र वातावरणमा यसको प्रभावबारे पनि अवगत गराइन्। उनले विशेष गरेर फोहोर व्यवस्थापनको निम्ति प्रयोग गरिने ग्लोब्सको व्यावहारिक उदाहरणको रूपमा प्रयोग गर्दै, सफा, सुरक्षित र दिगो वातावरण सुनिश्चित गर्न उचित फोहोर व्यवस्थापन अभ्यासहरू अप्नाउनु पर्ने आग्रह गरिन्। सोही प्रकारले एसएडीडीएलकी अतिरिक्त निर्देशक एमिला शेङ्गाले एएमआरबारे प्रस्तुत गर्दै जसमा यसका कारणहरू, पशु र मानव स्वास्थ्य दुवैमा पर्ने जोखिमहरू र दुरुपयोगका कारण एन्टिबायोटिक प्रतिरोधको बढ्दो खतराबारेमा अवगत गराइन्। उनले एन्टिबायोटिक प्रयोग, समयमै खोप र उचित रोकथाम उपायहरूमा गरिनुपर्ने विषयमा कार्यक्रममा ध्यान केन्द्रित गराइन्। यसको निम्ति चिकित्सकहरूले पनि समयमा नै एन्टिबायोटिक लिनुपर्छ भन्ने कुरामा जोड दिइन्। उनले जानकारी गराए अनुसार एएमआरले जनावर र मानव स्वास्थ्य दुवैको लागि खतरा निम्त्याउने भएकाले खोपहरू समयमै लिनु पर्ने आग्रह गरिन्।









