सोरेङ: भारतीय चुनाउ आयोगको निर्देश बमोजिम प्रत्येक महिना जिल्ला चुनाउ अधिकाहरू, चुनाउ पञ्जीकृत अधिकारी र सोरेङ जिल्लाका विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई लिएर हिजो जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै चुनाउ अधिकारीले भारतीय चुनाउ आयोगको संवैधानिक आदेश र कानुनी ढाँचाबारेमा राजनीतिक दलहरूसँग छलफल गरे। ईसीआईको संवैधानिक आदेश र कानुनी ढाँचाभित्र रहेर राजनीतिक पार्टीहरूले समस्या साथै मुद्दाको समाधान गर्नुपर्ने बताए। सभालाई सम्बोधन गर्दै सोरेङ जिल्लाका जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारीले यस सभाको मुख्य उद्देश्य चुनाउ प्रक्रियालाई सुदृढ बनाउनु रहेको जानकारी गराए। सभामा उपस्थित भएका सबैलाई सहयोगको निम्ति थप जिम्मेवारी लिने आग्रह गरे। राजनीतिक दलहरूको इमान्दार र गहन संलग्नताका साथ संयुक्त प्रयाससँगै चुनावको समयमा सामना गर्नुपर्ने समस्या साथै चुनौतीहरूलाई कम गर्न सकिने उनले सम्भावना व्यक्त गरे। मतदान केन्द्रहरूको औचित्यी, नयाँ अपाङ्गता भएका मतदाताहरूको पहिचान र मतदाताको कार्डमा सुधार जस्ता राजनीतिक दलहरूले उठाएका मुद्दाहरू र सरोकारहरूमाथि विस्तृत छलफल गरियो। अधिकारीहरुलाई यस विषयमा गम्भीरतापूर्वक लिनुपर्ने निर्देश दिए। आज सम्पन्न भएको यस सभामा एसकेएम पार्टी, सिटीजन एक्सन पार्टी, भारतीय जनता पार्टी लगायत चुनाउ प्रकोष्ठका अधिकारीहरूले सहभागिता जनाएका थिए।