विधायक नेपालले गरे अनुसूचित जाति भवनको निरीक्षण

IMG-20250321-WA0326

गान्तोक: गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक लोकनाथ नेपालले आज याङसुममा निर्माणधीन अवस्थामा रहेको अनुसूचित जाति भवनको निरीक्षण गरे। निरीक्षणको क्रममा उनले देशका जनता, विशेष गरी सीमान्तकृत समुदायका मानिसहरूको विकास र कल्याण सुनिश्चित गर्ने प्रतिबद्धता रहेको बताए। विधायक नेपालले यस क्षेत्रमा पूर्वाधार, स्वास्थ्य सेवा र शिक्षा सुधार गर्ने उद्देश्यले विभिन्न पहलहरू शुरू गरिएको र आफू स्वयं उक्त क्रियाकलापमा सक्रियरूपमा संलग्न भएको जानकारी गराए। अनुसूचित जाति भवन निर्माण स्थलको निरीक्षणले सामाजिक समानता प्रवर्द्धन र सीमान्तकृत समूहहरूलाई सशक्त बनाउने उनको प्रतिवदधदता रहेको प्रमाणित गर्दछ्। अनुसूचित जाति भवन याङसुममा उक्त समुदायको लागि सामुदायिक केन्द्र र सहयोग सुविधा प्रदान गर्ने उद्देश्यले गरिएको एक महत्वपूर्ण परियोजना रहेको बताए। यस भवनको निर्माणले उक्त समुदायको सामाजिक र आर्थिक कल्याण बढाउने अपेक्षा गरिएको बताउँदै निर्माणकार्य योजनाअनुसार अघि बढिरहेको उनले व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement