९ सेप्टेम्बरः भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले फेरि एकपल्ट इतिहास रचे। नीरज डायमण्ड लीगमा शीर्ष स्थान हासिल गर्ने पहिलो भारतीय बनेका छन्। ज्यूरिखमा भएको डायमण्ड लीग फाइनलमा उनी ८८.४४ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथमा शीर्ष स्थानमा रहे। नीरजले यसअघि साल २०१७ र २०१८-मा पनि फाइनलको निम्ति क्वालीफाई गरेका थिए। उनी २०१७-मा सातौं अनि २०१८-मा चौथो स्थानमा रहेका थिए। फाइनलमा नीरजको शुरुवात चाहिँ खराब रह्यो। उनले पहिलो थ्रो फाउल रह्यो। त्यसपछि दोस्रो प्रयासमा ८८.४४ मीटरको थ्रो गरी उनी अन्य खेलाड़ीहरूभन्दा अघि रहन पुग्यो। त्यसपछि नीरजले तेस्रो प्रयासमा ८८.०० मीटर, चौथो प्रयासमा ८६.११ मीटर, पाँचौं प्रयासमा ८७.०० अनि छैटौं प्रयासमा ८३.६० मीटरको थ्रो गरे। स्पर्धामा चेक गणराज्यका जेकब वाडलेचले ८६.९४ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ दोस्रो अनि जर्मनीका जूलियन वेबरले ८३.७३ मीटरको सर्वश्रेष्ठ थ्रो-को साथ तेस्रो स्थान हासिल गरे। नीरजले यसअघि गत वर्ष टोक्यो ओलम्पिकमा स्वर्ण पदक, २०१८-को एशियन अनि कमनवेल्थ गेम्समा पनि स्वर्ण पदक जितेका थिए। यसबाहेक उनले यस साल वर्ल्ड एथलेटिक्स च्याम्पियनशीपमा पनि ऐतिहासिक रजत पदक जितेका थिए।