कालेबुङ: आज जीटीएको मुख्य कार्यपाल अनित थापाले कालेबुङ जिल्लाको जरायोटार, याङमाकुम ग्राम पञ्चायतमा आयोजित एक कार्यक्रममा बाटो निर्माणको शिलान्यास गरेका छन्। उनले यहाँ पञ्चायत अनि ग्रामीण विकास विभाग, डब्ल्युबीएसआरडीए कालेबुङ डिभिजन प्रधानमन्त्री ग्राम सड़क योजना अन्तर्गत हनुमान फाटकदेखि फ्याङटार-कम्वल हुँदै चुइखिमसम्म जाने सड़क निर्माण परियोजनाको शिलान्यास गरेका छन्। उक्त निर्माण हुने बाटोले अब सिलगढी पुग्नु सजिलो हुनेछ। यहाँको सानो सानो खोलाको बगरलाई पर्यटन स्थलहरूमा परिणत गर्नु सकिनेछ। यहाँ सुरु गरिएको होम स्टेहरुलाई धेरै फाइदा हुनेछ। क्षेत्रको आर्थिक प्रगति हुनु सक्ने जनाइएको छ। यस विषयमा स्थानीय भन्छन, “आजसम्म कार्यपाल जस्तो ओहदाका व्यक्तित्वको यस क्षेत्रमा भ्रमण पहिलो चोटी हुँदैछ। याङ माकुम धन्य भएको छ।”

आजको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सञ्चबीर सुब्बा, उप मुख्य कार्यपाल, रुदेन सादा लेप्चा, विधायक, कालेबुङ अनि हेमन्त थुलुङ राई, सभासद पनि उपस्थित थिए।