झापा: आज रातिदेखि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना देखिएको छ। आज रातिबाट देशैभरका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभरका पहाडी क्षेत्रका थोरै ठाउँहरूमा भने मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। तराईको हकमा कोशी र मधेस प्रदेशमा मात्रै यस्तो सम्भावना छ।चैत ९ गते (मार्च २२)पनि देशैभरका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ। देशैभरका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने समेत विभागले जनाएको छ।
चैत १० गते (मार्च २३)भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।
यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्र सहित मधेस प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने देखिन्छ।