कोविड़ भारत: कोरोनाको ६,०९३ नयाँ मामिला, ३१ जनाको मृत्यु

Coronavuris-India-Travel-Ban.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ६,०९३ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४४,८४,७२९ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ ३१ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२८,१२१ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ६,७६८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,३९,०६,९७२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज घटेर ४९,६३६ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३,१६,५०४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८८,८७,१०,७८७ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २८,०९,१८९ जनाले कोरोना खोप लगाउनको साथ कुल २,१४,५५,९१,१०० जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement