पाकिस्तानमा सैन्य कारबाही, १० आतंककारी मारिए

IMG-20250321-WA0229

नयाँ दिल्ली: उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश जना आतंककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।
पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको विज्ञप्तिमार्फत जनाएको हो।
तीब्र गोलीबारीका क्रममा अगाडिबाट आफ्नो सेनाको नेतृत्व गरिरहेका पाकिस्तानी सेनाका एक अधिकारी क्याप्टेन हसनैन अख्तरको पनि मृत्यु भएको बताइएको छ।
आईएसपीआरले उत्तरी वजिरिस्तानका चार छुट्टाछुट्टै भिडन्तमा छ जना मारिएको बताएको छ। यस क्षेत्रमा अन्य आतंककारीको उपस्थितिलाई हटाउन सेनाले अभियान सञ्चालन गरिएको र पाकिस्तानबाट आतंकवादको खतरा मेटाउन पाकिस्तानी सेना कटिबद्ध रहेको दावी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement