गान्तोक। गान्तोक नगर निगम अन्तर्गत पर्ने सबै पार्षद साथै लाल बजारका व्यापारीहरूलाई लिएर आज देउरालीस्थित जीएमसीको प्रेक्षा गृहमा श्रमिक सम्पर्क अभियानबारे एक सभा सम्पन्न भयो। यस अवसरमा मेयर निल बहादुर छेत्री, उपमेयर छिरिङ पाल्देन भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरमा श्रम विभागका सचिवले सिक्किम पसल र वाणिज्य ऐन, १९८३ अन्तर्गत पसल र व्यावसायिक प्रतिष्ठानहरूको अनलाइन दर्ता, सिक्किम श्रम (रोजगार र सेवाका सर्तहरूको नियमन) अधिनियम, २०२१ अन्तर्गत कामदारहरूको व्यक्तिगत दर्ता, लाभार्थीको रूपमा कामदारहरूको दर्ताको मूल्यांकन गर्यो। भवन र अन्य निर्माण ऐन, १९९६ र श्रम क्लिरेन्स प्रमाणपत्र अन्तर्गतबारे पनि छलफल गरियो। श्रम मामिलाहरूमा कुनै पनि प्रश्न वा सहायताको लागि टोल फ्री हेल्पलाइन नम्बर जारी गरेको सचिवले जानकारी गराइन्। उनले थप जानकारी गराए अनुसार अनलाइन पञ्जीकरणको निम्ति पञ्चायत साथै पार्षदहरूले शहरी र ग्रामीण क्षेत्रबाट सहयोग गर्दै आइरहेको बताइन्। सचिवले सबै पार्षदहरूलाई श्रम विभागको नियम