खरसाङ: आज जोइन्ट फोरमले श्रमिक भवन अभियान चलाएर चियाबारी श्रमिकहरुको वर्ष २०२३-२४ सालको बोनस आजसम्म चुडान्त भएको छैन भन्दै श्रमायुक्तलाई ज्ञापन पत्र चढाएका छन्। यसवाधि जोइन्ट फोरमको तर्फबाट श्रमिक भवन अघि धरणा प्रदर्शन पनि गरेका छन्। यसावधि जोइन्ट फोरमको नेतृत्वले श्रमायुक्तलाई भेटेर चियाबारी श्रमिकहरुको वर्ष २०२३-२४ को रहल ४ प्रतिशत बोनस झट्टै दिनु पर्ने मांग गरेका छन्। ज्ञापन पत्रमा जोइन्ट फोरमको तर्फबाट गत वर्ष २०२४ को १६ नोभेम्बरमा सरकार पक्षबाट सभा गरेर राज्यका श्रम मन्त्रीले १५ दिनभित्रमा समस्याको समाधान हुने वचन दिए पनि चार महिना बितेर गए पनि अहिलेसम्म पनि कुनै पहल नभएको भन्दै चियाबारी श्रमिकहरुको वर्ष २०२३-२४ को रहल ४ प्रतिशत बोनस झट्टै दिनुपर्छ भनी मांग गरेका छन्।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जोइन्ट फोरमको तर्फबाट समन पाठकले २० प्रतिशत चिया बोनसको मुद्दामा तत्काल सुनवाइ नभए सडकमा ओर्लने खुल्ला चेताउनी दिएको बताएका छन्। यसलाई लिएर हाल चियावारी हुँदो देखा परेको श्रमिक आक्रोश अनि असन्तुष्टीको दायी पनि सरकारले लिनु पर्ने जोइण्ट फोरमले दावी गरेको छ। यसबीच पहाडका श्रमिक सङ्गठन मञ्च जोइण्ट फोरमले श्रमिक भवन अघि धर्ना प्रदर्शनी गर्दै श्रमायुक्त समक्ष ३ बुँदे माग पत्र पेश गरेको जानकारी छ।

२० प्रतिशत चिया बोनस दर, निम्नतम रोजदर अनि बन्द चियाबारी खोलाउन सरकारले शीघ्र पहल गरिनपर्ने मुख्य मागलाई आजको भेटवार्ताअवधि प्रस्तुत गरिएको श्रमिक सङ्गठन नेतृत्वहरुले प्रष्ट गराएका छन्।