डिजिटल बहि ‘नोट क्याम’ को प्रयोग जीटीए क्षेत्रका प्राथामिक विद्यालयहरुमा शुरु

IMG-20250321-WA0158

विद्यार्थीहरू खेतबारीमा होइन, शिक्षकहरू कार्यालयमा होइन तर खुल्ला विद्यालयको कोठा अनि मैदानमा हुनुपर्छ: अनित थापा

दार्जिलिङ: प्राथमिक शिक्षालाई सुव्यवस्थित अनि सिस्टममा लैजान डिजिटल बहिको ‘नोट क्याम’ को प्रयोग जीटीए क्षेत्रका प्राथामिक विद्यालयहरुमा शुरु गरिएको छ।
शिक्षकहरु समयमा पाठशाला आउँदैन, विद्यालयमा विद्यार्थीहरू अधिकतर अनुपस्थित रहन्छन् भन्ने जस्ता आरोप अनि गुनासो आई नै रहन्छ। यसै कुरालाई ध्यानमा राखेर पहाडको सरकारी प्राथमिक विद्यालयहरूमा डिजिटल बहिको ‘नोट क्याम’ को प्रयोग शुरु गरिएको छ। सरकारी प्रथमिक पाठशालाहरुले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्छ। अभिभावकहरुको सरकारी विद्यालयप्रतिको अवधारणा परिवर्तन गर्नुपर्छ। यदि पाठशालामा विद्यार्थी नै रहेनन् भने गुणस्तर शिक्षा प्रदान गर्नु सकिएन भने हाम्रो प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाको सेवालाई कसरी प्रयोग गर्ने?
यी समस्याहरुको विमर्श गरेर मात्र होइन, निवारण गर्न पहल पनि शुरु गर्नुपर्छ। त्यसैले जीटीए प्राथमिक शिक्षा विभागले पूर्वाधार निर्माणदेखि शिक्षक प्रशिक्षण जस्ता पहलहरु शुरु गरेको छ।

जीटीए मुख्य कार्यपाल अनित थापाले डिजीटल बहि सुरु गरिएकोमा विद्यालयहरुलाई शुभकामना दिँदै भने, “विद्यार्थीहरू खेतबारीमा होइन, शिक्षकहरू कार्यालयमा होइन तर खुल्ला विद्यालयको कोठा अनि मैदानमा हुनुपर्छ। त्यही सोच राखेर हामीले विद्यार्थी अनि शिक्षकहरुको उपस्थिति बहिलाई डिजिटल बनाएका छौं। हरेक दिन विद्यालयले बहि रिपोर्ट सर्कल कार्यालयमा पठाउनेछ। विभागका अधिकारीहरुले मनिटरिङ गर्नेछन्। यो पहललाई हरेक विद्यालयले उत्साह अनि सफलतापूर्वक आफ्नो विद्यालयमा लागू गर्नेछन् भन्ने विश्वास राखेको छु। प्राथमिक शिक्षालाई अघि लैजाने जिम्मेवारी हरेक प्राथमिक शिक्षक शिक्षिकाको हो।”
क्यामले कसरी काम गर्नेछ?


एउटा स्कूलमा हरेक दिन बिहान शिक्षकहरूले आफ्नो उपस्थिति रजिस्टरमा हस्ताक्षर गर्छन्। यो नोट क्याम प्रयोग गरेर स्टाफले रजिस्टरको फोटो खिच्छ, नोट क्यामले हस्ताक्षर र मितिलाई स्क्यान गरेर डिजिटल डेटामा बदल्छ। त्यसपछि यो डेटालाई “शिक्षक ए- उपस्थित, शिक्षक बी – अनुपस्थित” जस्तो फर्म्याटमा व्यवस्थित गर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement