सिलगढी: सिलगढी महानगरपालिकाको प्रधान नगर थानाको पुलिसले अवैध बालुवा र ढुङ्गा उत्खननविरुद्ध फेरि अभियान सुरु गरेको छ।
प्राप्त सूचनाका आधारमा गएराति प्रधाननगर पुलिस चौकीले छापा मारेर चारवटा ट्रक नियन्त्रणमा लिएको छ। साथै यस घटनामा चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा हिरालाल साहनी, सुनिल उराँव, विपुल उराँव र अनवर हुसेन रहेका छन्।
पक्राउ परेका सबै ट्रक चालक हुन् ।
प्रधाननगर पुलिस चौकीका पुलिस स्रोतका अनुसार यी चारवटा ट्रक गुलमर्गको महानंदा नदीबाट अवैध रूपमा बालुवा र ढुङ्गा बोकेर पलाश तर्फ गइरहेका थिए।
सोही क्रममा प्रधाननगर पुलिस चौकीले छापा मारेर चार ट्रक नियन्त्रणमा लिई चार जना पक्राउ गरेका छन्।
पक्राउ परेकाहरुलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।