एकदिने अनशन बस्ने भाइचुङ भोटिया

IMG-20220908-WA0183.jpg

गान्तोक: भारतका पूर्व फुटबल कप्तान तथा हाम्रो सिक्किम पार्टीका कार्यकारी अध्यक्ष भाइचुङ भोटिया आगामी १५ सेप्टेम्बरको दिन अनशनमा बस्ने भएका छन्। केही दिन अघि केही गैर सिक्किमे व्यक्तिहरूले देशको राजधानी नयाँ दिल्लीको जन्तर मन्तरबाट सिक्किम राज्यको विशेष संवैधानिक सुरक्षा कवच धारा ३७१एफ हटाउनु पर्ने माग गरेको सन्दर्भमा उनी अनशनमा बस्न गइरहेका हुन्। आज सामाजिक सञ्जालमा एउटा भिडियो संदेशमार्फत भाइचुङले आगामी १५ सेप्टेम्बरको दिन गान्तोकको सिच्छेस्थित जिल्लापाल कार्यालय अघिको ट्याक्सी स्ट्याण्डमा अनशनमा बस्ने जानकारी गराएका छन्।

भोटियाले राज्य हितमा यस अनशनमा साथ दिने राज्यका विभिन्न सङ्घ संस्था अनि व्यक्तिवेशेषलाई अपील गरेका छन्। १५ सेप्टेम्बरको दिन सबै सिक्किमे एकजुट भएर सिक्किम विरोधी तत्वहरूलाई कड़ा संदेश दिने उनले अपील गरेका छन्। त्यस दिन हामी सबै एकजुट भएर संविधानको धारा ३७१एफ-को सुरक्षाको निम्ति सम्पूर्ण सिक्किमे कटिवद्ध छौं अनि कुनै पनि अवस्थामा यसलाई हटाउन दिनेछैनौं भन्ने संदेश दिनुपर्नेछ, उनले भिडियो संदेशमा भनेका छन्।

उल्लेखनीय छ, केही दिनदेखि सामाजिक सञ्जालमा बिहार निवासी बताइने दुई व्यक्तिले जन्तरमन्तरबाट संविधानको धारा ३७१एफ हटाइनुपर्ने माग गरेको भिडियो भइरहेको छ। भाइचुङ भोटियाले यसको कड़ा विरोध र भत्सर्ना गजनाएका छन्। उनको भनाइअनुसार यो माग नै राष्ट्रविरोधी माग हो। यसरी विरोध गर्नेहरूको संविधानको धारा ३७१एफ-सित कुनै सम्बन्ध नभएको बताउँदै केही बाहिरी अनि केही भित्रि राजनीतिक शक्तिहरूले यस कुरालाई ठूलो बनाउने काम गरिरहेको पनि उनले शङ्का जाहेर गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement