गोरुमारा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या बढयो

IMG-20250320-WA0143

जलपाईगुडी: जलपाईगुडी जिल्लाको गोरुमारा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या बढेको छ।
गोरुमारा वन्यजन्तु महाशाखाअन्तर्गत गोरुमारा वन र चपरामरी जंगलमा मार्च ५ र ६ गैँडा गणना गरिएको थियो। गैँडा गणनाका क्रममा गैँडाको संख्या बढ्ने जंगल अधिकारीहरुले अनुमान गरेका थिए र त्यो आशा पूरा भएको छ।
सन् २०२२ को गैँडा गणनामा गोरुमारा जंगलमा ५५ गैँडा भेटिएका थिए र यस वर्षको गैँडा गणनामा यो संख्या बढेर ६१ पुगेको छ। यसको अर्थ यस वर्षको गैँडा गणनामा ६ नयाँ गैँडा फेला परेका छन्। त्यहाँ २७ पोथी र १७ भाले गैँडाहरू अवस्थित छन्। बाँकी १७ गैँडाको लिंग निर्धारण हुन सकेको छैन।गोरुमारा वन्यजन्तु विभागका डीएफओ द्विजप्रतिम सेनले, सन् २०२२ यता गैँडाको संख्या ६१ पुगेको बताए। तर संख्याको हिसाबले प्रत्येक १.५९ पोथी गैडामा एउटा भाले गैँडा हुन्छ। यसो हिसाबले गोरुमारा राष्ट्रिय निकुञ्जमा महिला र भाले गैँडाकाे यो अनुपात निकै स्वस्थकर छ र यसले भविष्यमा गैँडाको संख्यामा थप वृद्धि गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement