कोचबिहार: कोचबिहार सहरको एमजीएन अस्पतालमा भएको आगलागीमा पुलिसले २ जनालाई पक्राउ गरेको छ।
सहरको यो अस्पतालमा हिजो आगलागी भएको बताइएको छ। दमकल विभागको सहयोगमा आगो चाँडै नियन्त्रणमा ल्याइए पनि कोचबिहार पुलिसले आगो कसरी लाग्यो भनेर अनुसन्धान सुरु गरेको छ। पछि अस्पतालको सीसीटीभी फुटेज हेरेपछि पुलिसले तत्कालै दुई जनालाई पक्राउ गरेको थियो।
अस्पताल स्रोतका अनुसार बिरामीका दुई आफन्तले धूम्रपान गरना आगो बालेकाे थिए र तल फ्याँकिएको माचिसको स्टिकबाट सुख्खा पातहरूमा आगो लाग्यो। त्यसैले पुलिसले दुवैलाई पक्राउ गरेको हो।