सोरेङ: आकांक्षी ब्लक चुम्बुङ अन्तर्गत च्याखुङमा आज बौद्धिक सम्पत्ति अधिकार (आईपीआर) सम्बन्धी जागरूकता कार्यशाला आयोजना गरियो। कार्यशालामा सोरेङका एडीसी (विकास) गयास पेगा मुख्य अतिथिको रूपमा उपस्थित थिए।
बौद्धिक सम्पत्ति अधिकारलगायत पेटेन्ट, ट्रेडमार्क, कपीराइट र भौगोलिक संकेतहरूको बारेमा जागरूकता बढाउन केन्द्रित कार्यक्रम स्थानीय उद्यमीहरू, स्टार्टअपहरू र नवप्रवर्तकहरूका लागि आयोजना गरिएको थियो।
कार्यक्रममा एडीसी पेगाले विकसित भारत र बौद्धिक सम्पत्ति अधिकारको महत्त्वको बारेमा जानकारी गराए। उनले २०४७ सम्ममा भारत सरकारको विकसित भारतको मिशनमाथि प्रकाश पार्दै यसमा नवप्रवर्तन, उद्यमशीलता र आत्मनिर्भरताको महत्वपूर्ण भूमिका रहेको बताए।
यसैगरी, उनले पेटेन्ट, ट्रेडमार्क, कपीराइट र भौगोलिक संकेतहरूले कसरी स्थानीय व्यवसाय, स्टार्टअपहरू र परम्परागत कारीगरहरूको संरक्षण र प्रवर्द्धन गर्न सक्छन् भनेर जानकारी गराए। मुख्य अतिथि पेगाले सोरेङ जिल्लाको आर्थिक वृद्धिलाई बढावा दिन सहभागीहरू, विशेष गरी उद्यमीहरू, व्यवसाय मालिकहरू र युवाहरूलाई व्यापार र वाणिज्यमा सक्रिय रूपमा भाग लिन आग्रह गरे।
यसैगरी, सहायक निर्देशक (आईसीसी, एनईआर) प्रांजल बरुवाले बौद्धिक सम्पत्ति पञ्जीकरणको लागि सरकारी प्रतिपूर्ति योजनाहरूको बारेमा जानकारी गराए। उनले बौद्धिक सम्पत्ति सुविधा केन्द्रहरू मार्फत पेटेन्ट, ट्रेडमार्क, भौगोलिक संकेत र डिजाइनहरूको पञ्जीकरणको लागि उपलब्ध वित्तीय सहयोगको बारेमा सहभागीहरूलाई जानकारी गराए।
कार्यशालाले स्थानीय सरोकारवालाहरूलाई बौद्धिक सम्पत्ति अधिकार र व्यावसायिक अवसरहरूको बारेमा ज्ञान प्रदान गर्न, प्रेरित गर्न र सुसज्जित गर्न एक मञ्चको रूपमा काम गरेको बताइएको छ। भनेर जानकारी गराए। मुख्य अतिथि पेगाले सोरेङ जिल्लाको आर्थिक वृद्धिलाई बढावा दिन सहभागीहरू, विशेष गरी उद्यमीहरू, व्यवसाय मालिकहरू र युवाहरूलाई व्यापार र वाणिज्यमा सक्रिय रूपमा भाग लिन आग्रह गरे।
यसैगरी, सहायक निर्देशक (आईसीसी, एनईआर) प्रांजल बरुवाले बौद्धिक सम्पत्ति पञ्जीकरणको लागि सरकारी प्रतिपूर्ति योजनाहरूको बारेमा जानकारी गराए। उनले बौद्धिक सम्पत्ति सुविधा केन्द्रहरू मार्फत पेटेन्ट, ट्रेडमार्क, भौगोलिक संकेत र डिजाइनहरूको पञ्जीकरणको लागि उपलब्ध वित्तीय सहयोगको बारेमा सहभागीहरूलाई जानकारी गराए।
कार्यशालाले स्थानीय सरोकारवालाहरूलाई बौद्धिक सम्पत्ति अधिकार र व्यावसायिक अवसरहरूको बारेमा ज्ञान प्रदान गर्न, प्रेरित गर्न र सुसज्जित गर्न एक मञ्चको रूपमा काम गरेको बताइएको छ।