आईपीएलमा धोनीको पुरानो रूप देख्न पाउने आशामा रबिन उथप्पा

IMG-20250319-WA0276

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर रबिन उथप्पाले आईपीएलको आउँदो सीजनमा क्रिकेटप्रेमीहरूले महेन्द्र सिंह धोनीको कौशलको झलक देख्न पाउने आशा व्यक्त गरेका छन्। चेन्नई सुपर किंग्सको अभ्यास सत्रमा ४३ वर्षीय धोनीले उत्कृष्ट ब्याटिंग गर्दै पेस बलर मथीषा पथिरानाको यर्करमा उनको शीर माथिबाट छक्का लगाए। उथप्पाले भने, मेरो विचारमा हामीले माही (धोनी)-को पुरानो रूप देख्न पाउनेछौँ कारण उनले यस सीजनमा सातौँ या आठौं नम्बरमा ब्याटिंग गर्न सक्छन्। गत सत्रमा पनि उनले यसै स्थानमा ओर्लिएर १२-देखि २० बलको सामना गरेका थिए। उनलाई आत्मविश्वासी देखिएको छ। धोनीले यस सत्रपछि सन्न्यास लिनेछन् या छैनन् भन्ने प्रश्नको जवाफमा उथप्पाले भने, म यस मामिलामा कुनै दावी गर्न सक्दिनँ। धोनीको यस खेल प्रति माया सामान्य पनि कम्ती भएको छैन। यसैकारण उनी अहिले पनि खेलिरहेका छन्। यस उमेरमा पनि उनी विकेटको पछि फूर्तिलो छन्। यसैकारण धोनीले यस सीजनको अन्तमा सन्न्यास लिए या अझ ३-४ सीजन खेले पनि म आश्चर्य हुने छुइनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement