गान्तोक: सिक्किमकी फिल्म निर्देशक त्रिबेनी राईको निर्माणाधीन नेपाली फिल्म ‘सेप अफ् मोमो’ ले हङकङ फिल्म फेस्टिवलमा प्रतिष्ठित ‘एचएएफ गोस् टू कान्स अवार्ड’ जित्न सफल बनेको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले यस उपलब्धिप्रति हर्ष व्यक्त गर्दै यसलाई सिक्किमको निम्ति ठूलो गौरव बताएका छन्।
उनले यो सम्मानले परियोजना पछाडिको प्रतिभा र कडा परिश्रमलाई उजागर गरेको पनि आज सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
यो उपलब्धिले हाम्रा फिल्म निर्माताहरूको रचनात्मक प्रतिभा मात्र प्रदर्शन गर्दैन, तर सिक्किमलाई विश्वव्यापी सिनेमाको नक्सामा पनि स्थापित गरेको उनले बताएका छन्।









