पूर्वोत्तर युवा महोत्सव २०२५ मा विभिन्न राज्यको सांस्कृतिक प्रस्तुती

IMG-20250319-WA0271

गान्तोक: आठौं पूर्वोत्तर युवा महोत्सव २०२५ अन्तर्गत पूर्वोत्तर भारतको समृद्ध सांस्कृतिक विविधतालाई प्रदर्शन गर्दै स्थानीय एमजी मार्गमा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भयो। जसमा विभिन्न राज्यका परम्परागत सांस्कृतिक कार्यक्रम प्रस्तु गरिएको थियो। भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयको सहयोग र सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित कार्यक्रममा दर्शकहरूले विभिन्न राज्यका पारम्परिक कार्यक्रमको आनन्द उठाएका थिए। उत्तरपूर्व आठ राज्यका सहभागी सांस्कृतिक टोलीहरूका अतिरिक्त, ओडिशा, छत्तीसगढ, हिमाचल प्रदेश, गुजरात, मध्यप्रदेश, पञ्जाब, पन्डिचेरी र कर्नाटकजस्ता राज्यहरूका युवाहरुले सांस्कृति कार्यक्रम पेश गरेका थिए। आयोजक राज्यको रूपमा सिक्किमले फेरि एक पटक आफ्नो समृद्ध परम्परा र सम्पदा प्रदर्शन गर्दै सांस्कृतिक प्रदर्शनी प्रस्तुत गरेको थियो। खेलकुद तथा युवा मामिला विभागकी सहनिर्देशक जेनिम लेप्चाले कार्यक्रमको महत्वबारे जानकारी गराइन्।

कार्यक्रमलाई खेलकुद तथा युवा मामिला विभागका अतिरिक्त निर्देशक डा. आरबी विश्वकर्माले पनि सम्बोधन गरेका थिए। महोत्सवको समापन २० मार्चको दिन पाल्जोर स्टेडियममा हुनेछ। कार्यक्रममा गान्तोक नगर निगमका उपमेयर छिरिङ पाल्देन भोटिया, पार्षद सन्दीप मालु र अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement