गान्तोक: सिक्किमकी प्रतिभावान युवा चलचित्र निर्माता-निर्देशक त्रिवेणी राईको निर्माणाधीन चलचित्र शोप अफ मोमो-ले प्रतिष्ठित हङकङ फिल्म फेस्टिभल (एचकेआइएफएफ) को काम प्रगति प्रयोगशालामा (एचएएफ) अन्तर्गत ‘गोज टु कान्स’ पुरस्कार जितेको छ। यसको साथै प्रतिष्ठित कान्स फेस्टिभलको निम्ति टिकट सुनिश्चित गरेको छ। उल्लेखनीय छ, १७ देखि १९ मार्चसम्म हङकङमा आयोजित एचकेआइएफएफ-मा सिक्किमकी फिल्म निर्माता सुश्री राईलाई एशियाभरका स्थापित फिल्म निर्देशकहरू र उदीयमान फिल्म निर्माताहरूको श्रेणीमा समावेश गरिएको थियो।
त्रिवेणी राईले एचकेआइएफएफ-मा सह निर्माता किस्लेको साथमा आफ्नो पहिलो निर्माणाधीन नेपाली चलचित्र शेप अफ मोमो प्रस्तुत गरेकी थिइन्। ‘गोज टु कान्स’ कार्यक्रमले फिल्म निर्माताहरूलाई २०२५ मा हुने कान्स फिल्म फेस्टिभलमा बिक्री एजेन्ट, वितरक र बजार स्क्रिनिङको अवसर प्रदान गर्दछ। सिक्किमी फिल्म निर्माताको परियोजना एचकेआइएफएफ-मा उद्योग परियोजना बजारको लागि छनोट गरिएका १५ कार्य-प्रगतिशील परियोजनाहरू मध्ये एक थियो। छनोट गरिएको समूहमा एशियाभरका स्थापित लेखकहरू र उदीयमान प्रतिभाहरूको मिश्रण छ।