पाकिम जिल्लामा दिगो पर्यटन विस्तारलाई लिएर उच्चस्तरीय बैठक

IMG-20250319-WA0268

गान्तोक: पर्यटन विभागका प्रधान सचिव सीएस रावको अध्यक्षतामा पर्यटनसँग सम्वन्धित हितधारकहरूलाई लिएर आज पाकिम जिल्लाको सामुदायिक भवनमा जिल्लास्तरीय बैठक सम्पन्न भयो। बैठकमा पर्यटन विकाससँग सम्बन्धित प्रमुख विषयहरूमा छलफल गरियो। बैठकलाई सम्बोधन गर्दै प्रधान सचिव रावले उपस्थित सहभागीहरूलाई दिगो पर्यटन विकास कोषबारेमा जानकारी गराए। यसको उद्देश्य र महत्वबारेमा विस्तृतरूपमा जानकारी गराउँदै पाकिम जिल्लामा दिगो पर्यटन प्रवर्द्धन गर्नको निम्ति तयार गरिनुपर्ने रणनीतिबारे उल्लेख गरे। छलफलको क्रममा पर्यटन पूर्वाधार, सञ्चालनमा आएका चुनौतीहरू, पर्मिट समस्याहरू, यातायात र डिजिटलाइजेसनबारे विभागका निर्देशक तेञ्जिङ गेलेले प्रकास पारे। मुख्यगरि सड़क कनेक्टिभिटी जस्ता पूर्वाधारहरूलाई गम्भीरतासित लिँदै पर्यटन क्षेत्रको विकासमा प्रभावी पहल जरूरी बन्ने उल्लेख गरे। बैठकमा पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रबिन सेवा, पर्यटन विभागका अधिकारीहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement