विद्यार्थीहरु र विशिष्ट व्यक्तिहरुबीच खुल्ला संवाद
गान्तोक: सोरेङ जिल्लाअन्तर्गत दोदक माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोहको चौथो दिन विभिन्न कार्यक्रम सम्पन्न भयो। यस अवसरमा राज्य सरकारको शिक्षा विभागीय मन्त्री राजु बस्नेत मुख्य अतिथि थिए। यसका साथै सिक्किम विधानसभा अध्यक्ष एवं क्षेत्र विधायक एमएन शेर्पा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए। शेर्पा समारोह समितिका मुख्य संरक्षक पनि हुने। उल्लेखनीय छ, गत १६ मार्चदेखि पालन गरिएको कौस्तुभ जयन्तीको चौथो दिनको कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वहरूलाई लिएर प्यानल डिस्कसन आयोजन गरिएको थियो। यसका साथै अन्तर जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा विद्यार्थीहरुले उत्साहका साथ सहभागिता दिएका थिए। यस अवसरमा फुटबल प्रतियोगिता लगायत अन्य गतिविधिहरू पनि समावेश गरिएको छ। पत्रकाहरूसँग कुराकानी गर्दै प्रमुख संरक्षक एमएन शेर्पाले दोदोक विद्यालयले अहिलेसम्म यस प्रकारको भव्य कार्यक्रम आयोजन गर्न नसकेको तर यस वर्ष भने भव्यरूपमा कौस्तुभ जयन्ती पालन गरिएको बताए। उनले थप जानकारी गराएअनुसार विद्यार्थीहरूलाई विभिन् क्षेत्रमा ज्ञान प्रदान गर्नको निम्ति विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका व्यक्तिहरूलाई लिएर प्यानल डिस्कसन आयोजना गरिएको अवगत गराए। यस कार्यक्रमको विशेषता विद्यार्थीहरूको भविष्यलाई सही मार्गनिर्देश प्रदान गर्नुरहेको उनको भनाइ थियो। यस विद्यालयको कौस्तुभ जयन्ती कार्यक्रम आगामी २१ मार्चको दिन समापन हुने तय भएको तर मुख्यमन्त्रीको व्यस्तताको कारण केही पछि सार्ने सम्भावना रहेको जानकारी गराए। आज सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितमा दोदक माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्न सफल बन्यो भने लुङचोक विद्यालय दोस्रो बन्यो। यस प्रतियोगितामा कूल चारवटा विदयालयहरू छनौट भएको थियो जसमा वुडस्टक, माङसारी, दोदक र लुङचोक स्कूल सामेल थिए।