अनुराग बासुले चाँड़ै सिक्किममा चलचित्रको छायाङ्कन आरम्भ गर्ने

IMG-20250319-WA0266

गान्तोक: प्रख्यात अनि सफल बलिवुड फिल्म निर्माता अनुराग बासुले आफ्नो अघिल्लो चलचित्रको छायाङ्कानको निम्ति सिक्किममा रेकी पूरा गरेका छन्। यसै महिनाको अन्तदेखि उनको नयाँ चलचित्रको छायाङ्कन सिक्किममा शुरु हुने बताइएको छ। उनको आगामी प्रोजेक्टले सिक्किमको प्राकृतिक सौन्दर्यलाई विश्वव्यापी प्लेटफर्ममा प्रदर्शन गर्ने जसले राज्यको पर्यटनलाई अझ बढावा दिने र फिल्ममैत्री गन्तव्यको रूपमा प्रतिष्ठा बढ्ने अपेक्षा गरिएको छ।
अनुराग बासुले सिक्किम राज्यमा छायाङ्कन गर्ने आफ्नो पूरानो इच्छा बताएका छन्। “यो सपना अन्ततः साकार हुँदैछ भन्ने कुरा अविश्वसनीय लाग्छ,” उनले भने। सिक्किमको मनोरम प्राकृतिक दृश्यहरूले चलचित्रलाई थप आकर्षक बनाउने उनको विश्वास रहेको छ। अर्कोतिर सिक्किम सरकारबाट प्राप्त सहयोगको निम्ति उनले हर्ष व्यक्त गरेका छन्। यसको निम्ति उनले विशेष गरेर मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रति आभार व्यक्त गरेका छन्। राज्यको प्राकृतिक सौन्दर्य र आतिथ्य सत्कार साथै सरकारबाट प्राप्त सहयोगले प्रफुलित निर्माता अनुराग बासुले आफ्ना अन्य बालिवुड सहकर्मीहरूलाई पनि सिक्किममा चलचित्र छायाङ्कनको निम्ति प्रोस्ताहित गर्ने बताएका छन्।
एक सफल चलचित्र निर्माता रहेका अनुराग बासुको अघिल्ला चलचित्र सिक्किममा छायाङ्कन हुँदा राज्यले राष्ट्रीय अनि अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउने आशा व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement