जोइण्ट फोरम अनि भागोप्रमोको श्रमिक संगठनले मालिकवर्गसँग बैठक गरेर लङ्भ्यु चियाबारीमा पुनः काम गर्ने निर्णय

IMG-20250319-WA0208

खरसाङ: लङ्भ्यु चियाबारीमा हिजो बिहानदेखि साँझसम्म लागेको आगोले गर्दा प्रायः डेढ सय हेक्टरभन्दा अधिक चियाका बोटहरू नष्ट गरिदिएपछि स्थानीय मानिसहरूलाई निक्कै चिन्तामा पारेको छ। यस चियाबारीमा श्रमिकका विभिन्न मागहरूलाई लिएर धरना दिँदै चियापत्ती नटिप्ने निर्णय लिएपछि बगानमा मालिकपक्षले नो वर्क नो पे-को नोटिस टाँसेको कारण बगान एक प्रकारले बन्द जस्तै बनेको थियो। यसै समय मङ्गलबार यहाँको चियाबारी क्षेत्रमा आगो लागेपछि बगानको स्थिति अझ दयनीय बनेको छ। यस्तो स्थिति बनेपछि अब विभिन्न राजनैतिक दलका श्रमिक संगठनहरूको साझा मञ्च जोइण्ट फोरम अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित श्रमिक संगठनले मालिकवर्गसँग बैठक गरेर पुनः बगानमा काम गर्ने निर्णय लिएको छ। यसबारे आज पत्रकारहरूसँग कुराकानी गर्दै जोइण्ट फोरमको पक्षबाट हमिङ तामाङले एचपीइयुद्वारा गरिएको आन्दोलनले दयनीय बनाएको बगानलाई हिजोको डढेलोले अझ दयनीय बनाएको बताए। उनले एचपीइयुको माग विषय एएलसीमा बोलाइएको बैठकमा जोइण्ट फोरमले भाग नलिएको जनाउँदै जोइण्ट फोरमको आफ्नै माग र अडान रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement