आईजीजेएफबाट भागोप्रमोमा सामेल

IMG-20250319-WA0183

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको सात नम्बर डिभिजनबाट ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको दुईजना असीत तामाङ र सुनित तामाङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। दुवैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा दार्जिलिङ महकुमा समितिको सभापति आलोककान्तमणि थुलुङ र तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरेका छन्। दुईजनामा असीत तामाङ ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको ट्रेड युनियन सिविटार शाखाको उप सभापति र सुनित तामाङ सचिव रहेका थिए। दुवैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा रहेर कार्य गर्ने बताएका छन्। यस क्रममा असीत तामाङले गत केही समय अघि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डस सिविटारको भ्रमणमा‌ आउँदा चियाबारी विषयमा जानकारी भएको भनेर आफुलाई उप सभापतिको पदमा राखेको बताउँदै तर अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा रहेर कार्य गर्ने वचनबद्धता प्रकट गरेका छन्। त्यसरी नै सुनित तामाङले आफु सामाजिक सञ्जालमा कन्टेन्ट क्रियटर रहेको र आफु कुनै राजनैतिक पार्टीसित सम्बन्धित नरही कार्य गर्दै आएको अनि‌ अब भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा रहेर अघि बढ्ने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement