दार्जिलिङ: केन्द्र सरकारले आगामी दिनमा बोलाउने कुनै पनि वार्तामा डा महेन्द्र पी लामालाई पनि सामेल गराउने मांगमा गोरामुमो केन्द्रीय अध्यक्ष मन घिसिङले दार्जिलिङका सांसद राजु विष्टलाई पत्रचार गरेका छन्। उनले भारतीय गोर्खाहरुको दीर्घकालीन राजनीतिक समस्यालाई लिएर आगमी दिनहरुमा केन्द्रीय गृह मन्त्रालयद्वारा कुनै पनि वार्ता डाकिएको खण्डमा वार्तामा भाग लिनको निम्ति एकजना शिक्षाविद् , बौद्धिक साथै गोर्खाहरुको मुद्दामा सचेत व्यक्तित्त्व डा महेन्द्र पी. लामालाई पनि सामेल गरी दिया जाओस् भनी सांसद राजु विष्टलाई पत्रचार गरेका छन्। यसको निम्ति मन घिसिङले पत्रमा लेखेका छन्, ‘गृह मन्त्रालयमा डा महेन्द्र पी. लामाको नाम पनि एकजना गोर्खा मुद्दाको सरोकारवालाको रुपमा पठाई दिने भनी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पार्टीद्वारा आह्वान गर्दछौं।’