१३ वर्षपछि आठवटा आँगनवाडी केन्द्रहरु नक्सालवाडी आइसािडीएसबाट मिरिक आइसीडीएस केन्द्रमा स्थानान्तर

28-1

मिरिक: १३ वर्षपछि आठवटा आँगनवाडी केन्द्रहरु नक्सालवाडी आइसीडीएसबाट मिरिक आइसीडीएस केन्द्रमा स्थानान्तर भएको आज जीटीए प्रमुख कार्यपाल अनित थापाले जानकारी गराएका छन्‌‌।‌ उनले आज एक प्रेस विज्ञप्ति जारी गरी भनेका छन्, ‘२०१२ मा जीटीए स्थापना समय जीटीए अधीनस्थ तराई क्षेत्रको 8 वटा आँगनवाडी केन्द्रहरुको प्रशासनिक कार्य नक्सालबाडी आइसीडीएस केन्द्रमा पर्न गयो। यी आठवटा केन्द्रलाई जीटीए अधीनस्थ ल्याउन कुनै पहल भएको थिएन। आँगनवाडी कर्मचारीहरूसँगको एउटा बैठकमा यो मुद्दा उठेको थियो। मैले सम्बन्धित सभासदलाई आठवटा आँगनवाडी केन्द्र नक्सालवाडीदेखि मिरिक आइसीडीएसमा स्थानान्तर गर्नु पहल सुरु गर्ने निर्देश दिएको थिए। जीटीए क्षेत्रको केन्द्रहरूमाथि जीटीएकै प्रशासन चल्नुपर्छ। यदि ती केन्द्रहरूद्वारा हाम्रा बालक बालिका अनि महिलाहरुले सुविधाहरु पाएनन् भने हामीले नक्सालवाडी केन्द्रमा गुनासो राख्नुपर्छ। प्रशासनिक काममा यसरी अड्चन आउने गर्छ। थप हाम्रा आँगनवाडीका कर्मचारीहरुलाई पनि कार्यालयको काम गर्न असुविधा रहेको कर्मचारीहरुले मलाई अवगत गराएका थिए। जुन व्यावहारिक थिएन।’
अनित थापाले अघि भने, फरवरी महिनामा मेरो कोलकाता भ्रमणको समय मैले राज्यका मुख्य सचिव डा मनोज पन्त, आईएएससँग आँगनवाडीको समस्या राखेको थिए।नक्सालवाडी आइसीडीएस केन्द्रदेखि मिरिक केन्द्रमा ती केन्द्रहरुलाई स्थानान्तर गर्नु पर्ने माग राखेको थिए। आज मलाई यो सुखबर तपाईंहरुसँग साझा गर्नु पाउँदा खुसी लागेको छ। लगभग १३ वर्षपछि तराई क्षेत्रको आठवटा आँगनवाडी केन्द्र हामीले मिरिक आइसीडीएस अन्तर्गत स्थानान्तर गर्नु सक्षम बन्यौं। १३ वर्षसम्म जीटीएमा स्थानान्तर हुनु नसकेको काम हामीले स्थान्तरण गरेर देखायौ। हाम्रो थियो अब फेरि हाम्रै बनायौं।’
थापाले अझ भने, बङ्गाल सरकारको महिला तथा बाल विकास र समाज कल्याण विभागले अधिसूचना जारी गरेर आँगनवाडी केन्द्रहरू स्थानान्तर गर्ने आदेश दिएका छन्। स्थानान्तर हुने केन्द्रहरूमा निपानिया अनि छोटा चेङ्गा मौजा अन्तर्गतका गुरूङ टोला, राई टोला-१, राई टोला- २, तोरी बारी, निपानिया प्राथमिक पाठशाला, बेलगाछि, पश्चिम बेलगाछि अनि बेलगाछि फ्याक्ट्री लाइन आँगनवाडी केन्द्रहरू रहेका छन्।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement