खरसाङ: गेट्स फाउन्डेशनले भारतमा आफ्नो पहिलो बोर्ड बैठक आयोजना गरिरहेको छ, जुन यसको २५औं वार्षिकोत्सवसँग मेल खान्छ। यस अवसरमा दार्जिलिङ वेलफेयर सोसाइटीका संस्थापक अध्यक्ष तथा भारतका पूर्व विदेश सचिव हर्षवर्धन श्रृंगलाले बोर्डलाई दार्जिलिङको चिया बगान मजदूरहरूको लागि आजीविका कार्यक्रममा दिएको सानो तर मूल्यवान योगदानको लागि धन्यवाद दिएका छन्, जुन दार्जिलिङको लागि एक अद्वितीय माईक्रो टु मेकरो वा डाउन टु अप विकास मोडेल हो। माईक्रो सफ्टका संस्थापक अध्यक्ष बिल गेट्सलाई उनले उपहार दिएको आफ्नो नयाँ पुस्तक ‘सोर्स कोड’ का लागि धन्यवाद दिएका छन्। यो पुस्तक उनको बाल्यकाल, प्रारम्भिक रुचिहरू र लक्ष्यहरूका बारेमा छ, जसले उनलाई आजको सफल व्यक्ति बनाएको छ। आउँदो दिनहरूमा बिल गेट्स फाउन्डेसनको माध्यमद्वारा दार्जिलिङ क्षेत्रमा सामाजिक कार्यहरु अझै तीव्र गर्ने आग्रह बिल गेट्सले गरेका छ्न्। बिल गेट्स एण्ड मिलिनडा गेट्स फाउन्डेसनको सहयोगमा दार्जिलिङको विभिन्न बन्द चिया बगानमा आजिविकाको लागि सामाजिक कार्यहरु भईरहेको छ। दार्जिलिङ वेलफेयर सोसाइटीले दार्जिलिङ क्षेत्रमा शिक्षा, रोजगार र जिविकोपार्जनको निम्ति थुप्रै कार्यहरु सम्पन्न गरिसकेको छ।आफ्नो वासस्थानको निम्ति सेवा पुर्याउने भावनाले हर्षवर्धन श्रृंगलाले २०१४ मा दार्जिलिङ वेलफेयर सोसाइटी को स्थापना गरेका हुन्।