वैभवको आईपीएल पदार्पणमा समय लाग्ने ब्याटिंग प्रशिक्षकको दावी

IMG-20250319-WA0139

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५ सीजनको शुरुवात अघि राजस्थान रोयल्सले आफ्नो सबैभन्दा कम्ती उमेरका खेलाड़ी वैभव सूर्यवंशीलाई लिएर आफ्नो योजनाहरूको खुलासा गरेको छ। १३ वर्षीय सूर्यवंशी आईपीएलको इतिहासमा अनुबन्ध पाउने सबैभन्दा कम्ती उमेरका खेलाड़ी हुन्। उनलाई जेद्दामा भएको मेगा लिलामीमा राजस्थानले १.१० करोड़ रुपियाँमा हासिल गरेको थियो। यसबीच राजस्थान रोयल्सका ब्याटिंग प्रशिक्षक विक्रम राठौड़ले बताएअनुसार, उनले अहिले कठोर मेहनत गरिरहेका छन् तर यस युवा खेलाड़ीको आईपीएल पदार्पणमा सामान्य समय लाग्नेछ। राठौड़ले भने, हामी उनलाई प्रयोग गर्नेछौं या छैनौं भन्ने अहिले स्पष्ट छैन। उनी खास खेलाड़ी हुन्। यसैकारण हामीले उनलाई आफ्नो टीममा सामेल गरेका हौं। उनमा असाधारण क्षमता छ। यति युवा खेलाड़ीसँग यति अधिक ताकत रहेको मैले पहिलोपल्ट देखेको छु। संकेत राम्रो छ। उनले कठोर मेहनत गर्न जारी राखे अवश्यै ठूलो खेलाड़ी बन्नेछन्।
राठौड़ सेप्टेम्बर २०२४-मा राजस्थान रोयल्सको कोचिंग सेटअप-मा सामेल भएका थिए। त्यसको तुरन्तै पछि फ्रेञ्चाइजीले राहुल द्रविड़लाई टीमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। द्रविड़ र राठौड़को कार्यकालको अवधि नै भारतीय क्रिकेट टीम तीनैवटा प्रारूपमा शीर्ष ऱ्याङकिंगमा पुगेको थियो। यसपाली राजस्थान रोयल्समा द्रविड़सँग काम गर्ने प्रसंगमा राठौड़ले भने, हामीले पहिला पनि एकसाथ काम गरेका छौं अनि उनी असाधारण प्रशिक्षक हुन्। मैले उनीसँग आफ्नो कार्यकालमा वास्तवमा आनन्द लिएँ। भारतीय टीममा रहँदा टी२० वर्ल्ड कप जित्नु यादगार क्षण रह्यो। आईपीएल र भारतीय टीममा काम गर्नुमा धेरै पार्थक्य छ। आईपीएल एउटा छोटो टुर्नामेण्ट हो जबकि भारतीय क्रिकेट सालभरि चल्छ। आईपीएलमा चाहिँ हामीले एउटा समूहसँग कम्तीमा ३ साल लगातार काम गर्न सक्छौं तर भारतीय टीममा सबै प्रारूपहरूमा अलग-अलग ब्याटर हुन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement