नयाँ दिल्ली: श्रेयस अय्यरले पञ्जाब किंग्सका कप्तानको रूपमा आफ्नो लक्ष्यबारे कुराकानी गरेका छन्। अय्यरले गत वर्ष आफ्नो कप्तानीमा कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई इण्डियन प्रीमियर लीग (आईपीएल) च्याम्पियन बनाएका थिए। टीमलाई च्याम्पियन बनाए पनि केकेआरले उनलाई गत वर्ष नै रिलीज गरेको थियो। अहिले अय्यर यस सीजनमा पञ्जाब किंग्सको कप्तानी गर्न तयार छन् अनि उनको लक्ष्य आफ्नो टीमलाई पहिलोपल्ट आईपीएल च्याम्पियन बनाउने रहेको छ। श्रेयस अय्यरले भने, लिलामीमा पञ्जाब किंग्सले चयन गर्दा नै मेरो लक्ष्य स्पष्ट थियो। म पञ्जाब किंग्सका प्रशंसकहरूलाई खुशीयाली मनाउने एउटा कारण दिन चाहन्थे। यस टीमले अहिलेसम्म आईपीएल ट्रफी जित्न सकेको छैन अनि मेरो लक्ष्य टीमको निम्ति ट्रफी उठाउनु हो। यो एउटा ऐतिहासिक उपलब्धि हुनेछ अनि म प्रशंसकहरूलाई खुशी गर्न चाहन्छु। यसको निम्ति म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु।
अय्यरले आफ्नो कप्तानीमा गत साल कलकत्ता नाइट राइडर्सलाई आफ्नो तेस्रो अनि १० सालमा पहिलो खिताब दिलाएका थिए। उनले दिल्ली क्यापिटल्सलाई पनि फाइनलमा पुऱ्याएका थिए। अहिले उनी पञ्जाब किंग्समा पनि त्यही चलनलाई कायम राख्न चाहन्छन्। आईपीएल २०२५-मा पञ्जाब किंग्सको पहिलो म्याच २५ मार्चमा गुजरात टाइटन्सविरुद्ध रहेको छ। अय्यरले २०१५-मा आफ्नो पदार्पण पछि आईपीएलमा ३२.२३-को औसत र १२७.४७-को स्ट्राईक रेटले २१ वटा अर्द्धशतकको साथ ३१२७ रन बनाएका छन्। उनको सर्वश्रेष्ठ स्कोर ९६ रन रहेको छ। दिल्ली क्यापिटल्ससँग २०१५-मा आफ्नो पहिलो सीजनको अवधि उनले १४ वटा म्याचमा ३३.७७-को औसतले ४ लवटा अर्द्धशतकको साथ ४३९ रन बनाएर एमर्जिंग प्लेयर-को पुरस्कार जितेका थिए। उनी २०१८-मा दिल्ली क्यापिटल्सका कप्तान बनेका थिए अनि २०२०-मा उनको टीम फाइनलमा पुगेको थियो। त्यस समय उनको टीमले फाइनलमा मुम्बई इण्डियन्सविरुद्ध हारको सामना गर्नु परेको थियो। अय्यर २०२२-मा केकेआर-मा सामेल भएका थिए अनि २०२४-मा उनले टीमलाई च्याम्पियन बनाएका थिए।