बक्सिंग महासंघमा घमासान जारी, सचिव-कोषाध्यक्ष निलम्बित

IMG-20250319-WA0129

नयाँ दिल्ली: भारतीय बक्सिंग महासंघ (बीएफआई)-मा चुनाउ अघि घमासान चरणमा पुगेको छ। बीएफआई-ले मंगलवार महासचिव हेमन्त कलिता र कोषाध्यक्ष दिग्विजय सिंहलाई वित्तीय अनियमितताहरूको आरोपमा निलम्बित गऱ्यो। यसको साथमा २८ मार्चमा हुने चुनाउको निम्ति कलिताको अध्यक्ष पदको निम्ति नामांकनलाई पनि रद्द गरियो। बीएफआई-ले दुवैको निलम्बन दिल्ली हाई कोर्टका पूर्व जज सुधीर कुमार जैनको जाँचको रिपोर्टको आधारमा गरेको छ। जैनलाई बीएफआई-ले नै महासंघमा वित्तीय अनियमितताहरूको जाँचको जिम्मेवारी सुम्पिएको थियो। कलिताको नामांकन रद्द भएपछि अध्यक्ष पदको निम्ति अजय सिंह, राजेश भण्डारी र डी चन्द्रलालबीच लड़ाइँ हुनेछ। खेल संहिता अनुसार अध्यक्षले ४ सालको ३ लगातार कार्यकाल पूरा गर्न सक्छन् जबकि महासचिव र कोषाध्यक्ष ४-४ सालको २ कार्यकाल पूरा गरेपछि ४ सालको कूलिंग अफ पीरियडमा जानेछन्। त्यसपछि उनीहरू ४ सालको एउटा कार्यकालको निम्ति फेरि चुनाउ लड़्ने योग्य हुनेछन्। महासचिव पदको निम्ति कर्नाटकका एन सतीशको नामांकन पनि रद्द गरिएको छ। बीएफआई-का अध्यक्ष अजय सिंहको तर्फबाट जारी पत्रमा भनिएको छ, जस्टिन जैनले आफ्नो जाँचमा दुईजना पदाधिकारीलाई वित्तीय अनियमितता र कुप्रबन्धनको दोषी पाए। महासंघमा पारदर्शिता कायम राख्नको निम्ति दुवैलाई उनीहरूका पदबाट निलम्बित गरिएको छ। जस्टिस जैनको रिपोर्ट खेल मन्त्रालयलाई पनि पठाइएको छ। कलिताको नामांकन खेल संहिताको उल्लंघन गरिएकोमा रद्द गरियो। रिपोर्टमा उनको बीएफआई-मा दुई कार्यकाल पूरा भएको उल्लेख गरिएको छ। अब उनी कूलिंग अफ पीरियडमा जानु जरूरी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement