गूडविल कप: टिस्टा क्लब गजलडोबा र तुलसीपाड़ा वारियर्स एफसीको भिडन्त हुने भयो फाइनलमा

कालचिनी: राजाभात स्पोर्टिङ क्लबको आयोजनामा बिहीबार सम्पन्न दोस्रो सेमि फाइनल राउन्डको म्याच टिस्टा क्लब गजलडोबा बनाम ग्लोबल क्लब असमबीच भयो। रोमाञ्चक खेलबीच अन्ततः टिस्टा क्लब गजलडोबाले १-० को अन्तरमा ग्लोबल क्लब असमलाई हराउन सफल भयो। खेलमा टिस्टा क्लब गजलडोबाका नाइजीरियन खेलाड़ी फ्र्यांकले १ गोल हालेर दिएर टीमलाई जिताएl म्यान अफ द म्याच पनि उनलाई नै प्रदान गरिएको राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले बताएका छन्। आउँदो फाइनल म्याच ११ सेप्टेम्बरको दिन टिस्टा क्लब गजलडोबा बनाम तुलसीपाड़ा वारियर्स एफसीबीच सम्पन्न हुने भएको छ। खेल शान्तिपूर्वक आजसम्म सम्पन्न हुँदै आइरहेको र आउँदो ११ सेप्टेम्बरमा सम्पन्न हुने फाइनल म्याच भव्यताका साथ गरिने किरण लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement