सहस्नियाङ :पश्चिम जयन्तिया पहाडअन्तर्गत पर्ने सहस्नियाङ–बी गाउँमा गएराति भएको भीषण आगलागीमा परी ४ वर्षीया बालिकाको मृत्यु भएको छ।
पीडितको पहिचान एलिसा इकाई भएको छ। उनकी ११ वर्षीया बहिनी ग्लोरिफाई इकाई भीषण आगोबाट बच्न सफल भइन्।
जानकारी अनुसार रलियाङबाट दमकल र पुलिस आगो नियन्त्रणका लागि पुगेपनि उनीहरु आइपुग्दासम्म घरमा आगोले सखाप भइसकेको थियो।