आईपीएल २०२५-मा पाँचजना अनक्याप्ड खेलाड़ीमाथि रहनेछ सबैको नजर

photocollage_2025318235145203

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल) विश्वको सबैभन्दा लोकप्रिय टी२० क्रिकेट लीग हो। यस लीगको धेरै क्रिकेटरहरूको करियरलाई नयाँ मोड़ दिएको छ अनि आउँदो सीजनमा पनि यो चलन जारी रहने तय छ। आईपीएल २०२५-मा स्टार खेलाड़ीहरूका साथमा धेरैजना अनक्याप्ड (अन्तर्राष्ट्रिय स्तरमा नखेल्ने) खेलाड़ीहरू पनि आफ्नो छाप छोड़्ने लक्ष्य लिएर मैदानमा ओर्लिनेछन्। आईपीएल २०२५ सीजन २२ मार्चदेखि शुरु हुनेछ अनि यहाँ केही अनक्याप्ड खेलाड़ीहरूबारे चर्चा गरिँदैछः
रबिन मिञ्ज (मुम्बई इण्डियन्स)
गुजरात टाइटन्स (जीटी) टीममा सामेल भएपछि मिञ्जले गत साल नै आईपीएल यात्रा शुरु गर्नु पर्ने थियो तर एउटा सड़क दुर्घटनाले गर्दा उनले टीमको प्रतिनिधित्व गर्न सकेका थिएनन्। गत वर्ष भएको मेगा लिलामीमा मुम्बई इण्डियन्सले उनलाई ६५ लाख रुपियाँमा खरीद गरेको छ, जुनको बेस प्राइस ३० लाख रुपियाँभन्दा धेरै अधिक हो। मिञ्ज झारखण्डका ब्याटर हुन्, जसको टी२० प्रारूपमा स्ट्राईक रेट १८१-को रहेको छ। उनले ६ वटा ईनिंग्समा ६७ रन बनाएका छन्। २२ वर्षीय खेलाड़ी विकेटकीपर पनि हुन्।
सूर्यांश शेज (पञ्जाब किंग्स)
शेज २०२४-मा भारतीय घरेलु क्रिकेटका स्टार खेलाड़ीहरूमा एक हुन्, जसले सैयद मुश्ताक अली ट्रफी २०२४-को फाइनलमा मुम्बईको निम्ति आफ्नो करियरलाई परिभाषित गरेका थिए। मध्य प्रदेशविरुद्ध १७५ रनको लक्ष्यलाई पीछा गर्दै मुम्बईको स्कोर एक समय ५ विकेटमा १२९ रन हुँदा शेजले १५ बलमा ३ वटा चौका र ४ वटा छक्काको साथ अविजित ३६ रन बनाएर आफ्नो टीमलाई जीत दिलाएका थिए। उनले भेंकटेश अय्यरको विकेट पनि लिएका थिए। शेजले टुर्नामेण्टमा ९ वटा ईनिंग्समा ४३.६६-को औसतले १३१ रन बनाएका थिए। यस अवधि उनको स्ट्राईक रेट २५१.९२-को रह्यो। यसको साथमा उनले २३.००-को औसतले ८ विकेट पनि लिएका थिए। अहिले शेज समक्ष अहिलेसम्मको सबैभन्दा ठूलो प्ल्याटफर्म छ, जसको उपयोग उनले अत्याधिक प्रतिस्पर्धी भारतीय लाइन-अप् मा स्थान बनाउनको निम्ति गर्न सक्नेछन्। उनलाई पञ्जाब किंग्सले ३० लाख रुपियाँको बेस प्राइसमा खरीद गरेको छ।
वैभव सूर्यवंशी (राजस्थान रोयल्स)
गत वर्ष भएको आईपीएलको मेगा लिलामीमा बिक्री हुने खेलाड़ीहरूमा वैभव सूर्यवंशी सर्वाधिक चर्चामा रहे। उनलाई राजस्थान रोयल्सले १.१ करोड़ रुपियाँमा खरीद गऱ्यो। २७ मार्च २०११-मा बिहारमा जन्मिएका वैभव आईपीएलको लिलामीमा बिक्री हुने सबैभन्दा कम्ती उमेरका खेलाड़ी हुन्। उनले जनवरी २०२४-मा बिहारको निम्ति आफ्नो प्रथम श्रेणी पदार्पण गर्दा उनको उमेर केवल १२ साल र २८४ दिन रहेको थियो। उनले गत वर्ष नै भारतको तर्फबाट अष्ट्रेलियाविरुद्ध अण्डर-१९ वर्गको म्याचमा हिस्सा लिएका थिए अनि केवल ५८ बलमा शतक बनाएर सबैलाई चकित पारेका थिए। उनले गत वर्ष नै बिहारको तर्फबाट सैयद मुश्ताक अली टुर्नामेण्टमा पनि पदार्पण गरे तर आफ्नो एकमात्र म्याचमा उनले अधिक रन बनाउन सकेनन्। उनी एसीसी अण्डर-१९ एशिया कप २०२४-२५-मा सातौं सर्वाधिक रन बनाउने खेलाड़ी पनि रहे। उनले टुर्नामेण्टमा ५ वटा म्याचमा १७६ रन बनाए। यसमा उनको सर्वोच्च स्कोर अविजित ७६ रन रह्यो।
सी आन्द्रे सिद्धार्थ (चेन्नई सुपर किंग्स)
तमिलनाडुका दिग्गज खेलाड़ी एस शरतका भतिज १८ वर्षीय सिद्धार्थले तमिलनाडु प्रीमियर लीगमा खेलिसकेका छन् तर अहिलेसम्म कुनै आधिकारिक टी२० म्याच चाहिँ खेलेका छैनन्। रणजी ट्रफीको समय सिद्धार्थलाई असाधारण फर्ममा देखियो अनि उनले तमिलनाडुको निम्ति १२ वटा ईनिंग्समा ६८-को औसतले ६१२ रन बनाए। यसमा एउटा शतक र ५ वटा अर्द्धशतक सामेल छ। अहिले उनको नजर आईपीएल २०२५-मा रहेको छ।
बेवन जेकब्स (मुम्बई इण्डियन्स)
यस सूचीमा उनी एकमात्र विदेशी खेलाड़ी हुन्। प्रिटोरियामा जन्मिएका जेकब्सले न्यूजील्याण्डको घरेलु टीमहरू अकल्यााण्ड र केण्टरबरीको प्रतिनिधित्व गरेका छन्। यी टीमहरूबाट खेल्दै उनले त्यस समय केवल ६ वटा टी२० ईनिंग्समा १८९-को स्ट्राईक रेटले रन बनाएर मुम्बई इण्डियन्सको टीममा सामेल हुने मौका पाए। मुम्बई इण्डियन्सले उनलाई २० लाख रुपियाँमा खरीद गरेको थियो। समग्रमा उनले २० वटा टी२० म्याचको १७ वटा ईनिंग्समा ३२.५३-को औसत र १४८ भन्दा अधिकको स्ट्राईक रेटले ४२३ रन बनाएका छन्। यसमा २ वटा अर्द्धशतक सामेल छ। उनको सर्वोच्च स्कोर अविजित ९० रन रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement