एसयू नेपाली विभागले गऱ्यो ‘परिवेश साहित्य अध्ययन केन्द्र’ को स्थापना

IMG-20220908-WA0186.jpg

गान्तोक: सिक्किम विश्वविद्यालय नेपाली विभागमा विभागका उप प्राध्यापक डा देवचन्द्र सुब्बाका नेतृत्वमा आज ‘परिवेश साहित्य अध्ययन केन्द्र’ को स्थापना गरियो। यस केन्द्रले प्रारम्भिक चरणमा विभागका शोधार्थीहरूसँग मिलेर पर्यावरण अनि साहित्य सम्बन्धी कार्यहरू गर्ने जानकारी डा सुब्बाले गराएका छन्।उक्त केन्द्रले पर्यावरण र साहित्य अध्ययनका साथै पर्यावरण सम्बन्धी जन चेतनामूलक कार्यक्रमहरू गर्ने पनि निर्णय लिएको छ। डा. सुब्बाका नेतृत्वमा हाल २१ जना शोधार्थीहरू जोडिएका छन् भने केन्द्रले आफ्नो छवटा मुख्य उद्देश्य अनि पाँचवटा योजनाहरू पारित गरेको छ। यस केन्द्रले सामाजिक सञ्जालमा एउटा फेसबुक पेज पनि शुरु गर्ने निर्णय लिएको छ। यसका साथै केन्द्रको मुखपत्रका रूपमा ‘परिवेश विमर्श’ नामक एउटा पत्रिका सुरु गर्ने निर्णय आजको सभाले लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement