पाकिममा वार्षिक बाल सम्मेलनको आयोजना

IMG-20250318-WA0285

पाकिम: पाकिम जिल्लालाई आधार बनाएर काम गरिरहेको गैरसरकारी संस्था अनुज्ञालय दार्जीलिङ डायोसिस सोसियल सर्भिस सोसाइटीले नेभरहूड इनक्लुसिभ चिल्ड्रेन्स पार्लियामेन्टको सहकार्यमा सोमबार स्थानीय सामुदायिक भवनमा वार्षिक बाल सम्मेलनको आयोजना गरेको थियो| यस अवसरमा सिक्किम राज्य बाल अधिकार सुरक्षा आयोगका सह निदेशक आइपी शर्मा, शिक्षा विभागका संयुक्त निदेशक भक्ति प्रसाद शर्मा, अनुज्ञालयका निदेशक डा. सामुएल लेप्चा, सिप्ला लिमिटेडकी वरिष्ठ प्रबन्धक थिन्ले ओङ्मू भुटियाको विशेष उपस्थिति थियो| अनुज्ञालयको मार्गदर्शनमा सन्चालित बाल संसदका सदस्यहरूले कार्यक्रममा सहभागिता जनाएका थिए| अम्बा, ताजा, पाक्योङ-याक्तेन अनि सेन्ट्रल पान्डाम जीपीयुका चारवटा बाल संसदका नानीहरूले कार्यक्रममा सामाजिक सन्देश सम्प्रेषण गर्ने नृत्यहरूसहित आआफ्ना क्षेत्रमा भइरहेका बाल संसदका गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए| यस अवसरमा चारवटा बाल संसदका पदाधिकारीहरूलाई लिएर लैङ्गिक समानताबारे विमर्श पनि गरिएको थियो| कार्यक्रमका अतिथिहरूले समाजका विभिन्न सरोकारका मुद्दाहरूमा बालबालिकाहरूले निर्वाह गरिरहेको भूमिकाको सराहना गर्दै समाजका सबै तप्काका मानिसहरू सचेत र जागरुक बनेर विभेद र असमानताविरुद्ध लड्नु पर्ने विचार व्यक्त गरेका थिए| अनुज्ञालयको सिक्किम राज्यका परियोजना प्रबन्धक तेजकुमार थापाको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई प्रशस्ति पत्र र स्मृति चिन्ह प्रदान गरी अभिनन्दन पनि जनाइएको थियो|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement