“मालिक पक्षले बिना कुनै शर्त भोलिदेखि नागरी फार्म चियाबारी पुनः सञ्चालन गर्ने”: अञ्जुल चौहान

IMG-20250318-WA0198

दार्जिलिङ: नागरी फार्म चियाबारी विगत ५ मार्चदेखि बन्द छ। यसै विषयलाई लिएर सभासद एंव जीटीएको चेयरम्यान अञ्जुल चौहानले एडिशनल लेवर कमिश्नर(टी)लाई वार्ता शुरू गरिदिन भनी पत्राचार गरेको दावी गर्दै यसको फलस्वरूप आज सिलगढीको श्रमिक भवनमा सभा सम्पन्न भयो। आजको सभामा लोहिया ग्रुप अफ कम्पनीका मालिक पक्ष, प्रिन्सिपल एडभाईजर, डीटीए, दार्जीलिङ केन्द्रीय श्रमिक संगठनका नेतृत्वगण, नागरी फार्म चियाबारीका प्रबन्धक, श्रमिक संगठन साथै चियाबारीका प्रतिनिधिवर्ग लगायत अञ्जुल चौहान स्वयं पनि उपस्थित थिए। आजको सभामा चिया श्रमिकवर्गको समस्याहरुबारे धेरै तर्क भयो। अन्ततः मालिक पक्षले बिना कुनै शर्त भोलिदेखि नागरी फार्म चियाबारी पुनः सञ्चालन गर्ने भएको चेयरम्यान अञ्जुल चौहानले बताएका छन्। कमान खोलिएपछि श्रमिकवर्गको समस्याहरु अवश्य नै समाधान हुनेछ भनी आजको सभाले पारित गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement