दार्जिलिङ: आज श्रमिक भवनमा डाकेको संयुक्त बैठकमा बहुमत ट्रेड युनियनको सहमतिमा बन्द रहेको नागरीफार्म कमान १९ मार्च २०२५ देखि खोलिने सम्झौता भएको छ सम्झौता अनुसार मालिक पक्षले श्रमिकहरुले पाउनु पर्ने रहल हाजिरा, वेतन आगामी ७ दिनभित्र भुक्तान गर्नेछन्। काम नगरेको समयमाथि ‘नो वर्क नो पे’ को सिद्धान्त लागु हुने भएको छ।
गत ५ मार्चदेखि नागरी फार्म चियाबारी बन्द रहेको थियो। बन्द रहनुको कारण अनुशासनहीनता अनि श्रमिकहरुले पत्ती नटिपेको कारण बगानलाई आर्थिक नोक्सान भएको कारण देखाई बगान बन्द भएको थियो। समस्यालाई सुल्झाउन आज १८ मार्चको दिन बैठक राखिएको थियो। आज डाकिएको बैठकमा बगान खोलिने निर्णय उपस्थित बहुमत ट्रेड युनियनहरुले सहमति दिएको थियो। आज बैठकमा भाग लिनेहरु ट्रेड युनियनहरुमा हिमालयन प्लान्टेसन वर्कर्स युनियन, दार्जीलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन, हिल्स तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन अनि हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघका प्रतिनिधिहरू रहेका थिए।