सोनादामा भेटरेन फुटबल टुर्नामेन्टको फाइनल खेल सम्पन्न

IMG-20250318-WA0220

सोनादा: ४० वर्ष नाघेका मानिसहरूलाई लिएर एक दिवसीय भेटरेन फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ।‌ उक्त भेटरेन फुटबल टुर्नामेन्ट गोराबारी भेटरेन क्लबको आयोजनामा सोनादास्थित सलेसियन कलेजको खेल मैदानमा सम्पन्न भएको छ। यस भेटरेन फुटबल टुर्नामेन्टमा‌ दार्जिलिङ, खरसाङ, सोनादा, सिटोङ क्षेत्रका जम्मा ८ वटा भेटरेन फुटबल टिमहरुले भाग लिएका‌ थिए। यस भेटरेन फुटबल टुर्नामेन्टको फाइनल खेल सोनादा युनाइटेड भेटरेन र नाली चउर भेटरेनमाझ सम्पन्न भएको थियो। यस फाइल खेलमा सोनादा युनाइटेड भेटरेनले नाली चउर भेटरेनलाई १-० को अन्तरले जितेर भेटरेन फुटबल टुर्नामेन्ट जित्न सफल बनेको छ। यस भेटरेन फुटबल टुर्नामेन्टको म्यान अफ् द टुर्नामेन्ट अन्थोनी राई र म्यान अफ् द म्याच मणि चयन भएका छन्। त्यसरी नै यस भेटरेन फुटबल टुर्नामेन्टको फाइनलमा अतिथिको रुपमा जीवन राई, महेश राई, समीर राई आदि उपस्थित रहेका थिए‌। यस फाइल खेललाई सुदिप प्रधानले सञ्चालन गरेका थिए।‌ यस भेटरेन फुटबल टुर्नामेन्टको फाइनल खेलमा आयोजक गोराबारीको तर्फबाट गोराबारीका ब्याडमिन्टन खेलाडी आर्यन थापा र बक्सिङ प्लेयर मृनात सुब्बालाई सम्मान जनाइएको छ भनी नबीन शेर्पाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement