खरसाङ: खरसाङ महाविद्यालयकी पूर्व प्राचार्य एंव गोर्खा जनपुस्तकालय खरसाङकी आजीवन सदस्या डा सरोजा राईको निधनमा गोर्खा जनपुस्तकालय खरसाङद्वारा श्रध्दाञ्जली अर्पण गरिएको छ। डा सरोजा राईको गत १६ मार्चको दिन कालेबुङस्थित उनकै घरमा निधन भएको थियो।उनको निधनमा गोर्खा जनपुस्तकालय खरसाङद्वारा श्रध्दाञ्जली अर्पण गरिएको जानकारी पुस्तकालयको मूल सचिव विनोद रसाइलीले दिएका छन्। उनले बताए अनुसार डा सरोजा राई गोर्खा जनपुस्तकालयका आजीवन सदस्य थिइन्। उनी खरसाङ छँदा पुस्तकालयका हरेक शैक्षिक गतिविधिमा सक्रिय पाउनुको साथै १० अगस्त २००५ मा गोर्खा जनपुस्तकालय खरसाङको आजीवन सदस्यता ग्रहण गरेकी थिइन्। पछि कलेजबाट सेवानिवृत्त भइसकेपछि पनि गोजपुको महत्वपूर्ण कार्यक्रमहरूमा आफ्नो सहभागिताले गोजपुलाई सहयोग गरेको कुरा उल्लेखनीय छ। डा. सरोजा राईको जन्म २५ सेप्टेम्बर १९४५ सालमा भएको थियो भने उनले अर्थशास्त्रमा एमए उत्तीर्ण गरी १९९५ सालमा उत्तर बंगाल विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेकी थिइन्। उनी खरसाङ महाविद्यालयमा सन् १९८१ मा अर्थशास्त्र विषयका प्राध्यापिकाको रुपमा आएकी थिइन् भने १९९९ सालदेखि २००५ सम्मा खरसाङ महाविद्यालयको प्राचार्यको रुपमा कार्य गरेर अवकाशप्राप्त भएकी थिइन्।